मुम्बई– अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ शुक्रबारबाट हलमा रिलिज भएको छ । सबैभन्दा खराब अवस्थामा पनि अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’ यी सबै अपेक्षाहरू भन्दा धेरै कम कलेक्सन गरेर सबैलाई निराशा बनाई दिएको छ ।
‘गुड न्युज’ र ‘जुग्जुग जियो’ जस्ता फिल्म बनाएका राज मेहताले ‘सेल्फी’ को निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँगै इमरान हाश्मी पनि छन् । दुई ठूला नाम भए पनि फिल्मले यति हलुका सुरुवात गर्दछ भन्ने कसैले सोचेको पनि थिएन । बक्स अफिस रिपोर्टका अनुसार ‘सेल्फी’ले शुक्रबार मात्रै २.५ करोड कमाएको छ ।
अक्षयको करियरको सबैभन्दा खराब फ्लप मध्ये एक, ८१० तस्वीरले २००९ मा २ करोड भन्दा कम ओपनिङ गरेको थियो। यसपछि अक्षयको कुनै पनि फिल्मले यस्तो खराब सुरुवात गरेको थिएन । त्यसपछि सेल्फी रहन पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । यतिखेर अक्षयकुमार तनावमा रहेका छन्।
प्रतिक्रिया