मोटरसाइकल चोरेर बिक्री गर्ने गिरोह पक्राउ « Khabarhub

मोटरसाइकल चोरेर बिक्री गर्ने गिरोह पक्राउ


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले खोजीको विशेष अभियान चलाएको थियो । हराएका मोटरसाइकल खोजी गर्ने क्रममा गिरोह नै संलग्न रहेको पत्ता लगाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

चोरी गरिएका मोटरसाइकल चोरीमा संलग्नबाट सञ्चालन गर्ने, पार्टपुर्जा खोलेर काटेर स्वरुप परिवर्तन गरी बिक्री गर्नेजस्ता कार्य हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न स्थान र तेह्रथुमको आठराई गाउँपालिकाबाट हराएका मोटरसाइकल बरामद भएपछि चोरीमा संलग्न गिरोह पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ब्रम्हदेव साहले जानकारी दिए। प्रहरीले सो कार्यमा संलग्न तेह्रथुमको आठराई–४ का २३ वर्षीय श्रीप्रसाद तामाङ, १९ वर्षीय शीवकुमार तामाङ, २० वर्षीय सुरज पुर्वछाने मगर, २१ वर्षीय वासुदेव तामाङ, २१ वर्षकै पविन इङ्नाम, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भई तेह्रथुमको आठराई–४ बस्ने एनमान दियाली, इलामको फाकफोकथुम गाउँपालिका–२ घर भई तेह्रथुमको आठराई–४ मा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बस्नेत र पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भई फिदिममा ग्यारेज सञ्चालन गर्ने २८ वर्षीय वीरेन्द्र रानामगरलाई पक्राउ गरिएको जनाएको छ । 

उक्त गिरोहले चोरी गरेका को३२प ३७८४ नंको रातो राङको पल्सर मोटरसाइकल, पार्टपुर्जा खोली इन्जिन नम्बर कोरेर नबुझिने अवस्थामा स्वरुप बिगारेको प्र१–०१–०१४प ३७९१ नंको पल्सर मोटरसाइकल, नम्बर प्लेट परिवर्तन गरी को१७प १८७० नम्बर प्लेट लगाइएको मे१०प १६७० नंको पल्सर मोटरसाइकल, नम्बर परिवर्तन गरी ज५प ८५८१ नम्बरप्लेट लगाइएको मे४प ३४५० नंको पल्सर मोटरसाइकल, वास्तविक नम्बर नखुलेको को३९प ६४१९ नम्बरप्लेट लगाएको पल्सर मोटरसाइकल, वास्तविक नम्बर नखुलेको मे४प ३०५४ नम्बरप्लेट लगाइएको पल्सर मोटरसाइकल र वास्तविक नम्बर नखुलेको को३३प ९२७५ नम्बरप्लेट लगाइएको पल्सर मोटरसाइकल फेला पारिएको सूचना अधिकारी साहले जानकारी दिए।

शुक्रबार पक्राउ परेको उक्त समूहका सबैमाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यस्तै हराएका दुई मोटरसाइकल फिदिम बजारमा बेवारिसे अवस्थामा फेला पारी सवारीधनीलाई बुझाइएको सूचना अधिकारी साहले जानकारी दिए । 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : ५० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको