नेविसङ्घको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने « Khabarhub

नेविसङ्घको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) केन्द्रीय समितिको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ ।

नेविसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेविसङ्घ पुल्चोक क्याम्पसको सहआयोजनामा यही फागुन १६ देखि १८ गतेसम्म पुल्चोकमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइएको हो । नेविसङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले पुल्चोक क्याम्पसमा हुन लागेको ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्यालाई उजागर गरी समाधानको प्रयास थालिने जानकारी दिए ।

अध्यक्ष शेर्पाले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको भन्दै विद्यार्थीले सो विश्वविद्यालयको विकल्प खोजिरहेको बताए । “त्रिविमा प्रश्नपत्र दोहोरिराख्ने, समयमा परीक्षा नहुने, समयमा परीक्षा हुँदा पनि छ महिना, एक वर्षमा नतिजा नआउने समस्या छ, अहिले हाम्रा विद्यार्थीले अनुसन्धानमा ध्यान दिन सकेका छैनन्”, उनले भने ।

नेविसङ्घले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो । ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घण्टौँ लामो लाइन र पटकपटक हुने सर्भर डाउन, विश्वविद्यालयको परीक्षा प्रणालीमा भएको ढिलासुस्ती र नतिजा प्रकाशनको अनिश्चितता, शेयर कारोवार गर्दा देखिने सर्भर त्रुटि जस्ता विद्यमान समस्याको समाधान ह्वाकाथुनमार्फत खोजिने अध्यक्ष शेर्पाले बताए ।

ह्याकाथुन कार्यक्रममार्फत काठमाडौँलगायत देशभरका सहरमा बढ्दो प्रदूषण र फोहर व्यवस्थापनलाई प्राविधिक सहायतामा कसरी समाधान गरेर सफा र सुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा प्रणाली तयार पारिने नेविसङ्घले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : २२ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई