बुढासुब्बा गोल्डकप : आयोजक टोली युकेएफसी भारतसँग पराजित « Khabarhub

बुढासुब्बा गोल्डकप : आयोजक टोली युकेएफसी भारतसँग पराजित


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धरानमा आजदेखि सुरु भएको अन्तर्राष्टिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।

खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै धरान फुटबल क्लब प्रतियोगिताबाटै बाहिरिएको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीको गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । धरानले दुई सुट ‘मिस’ गर्दा खेलबाट बाहिरिएको हो ।

युकेएफसी भारतका सिध्वनी क्षेत्री, सुप्रियो सुरेन, साइल राई, आकाश प्रधान र राज राउतले पेनाल्टी सुट गरेका थिए । धरानका दोर्जे शेर्पा, मदन राई र रोहन मास्कले गोल गरे । एक्काइसौँ संस्करणमा फाइलनमा पुगेको आयोजक टोलीले हालसम्म प्रतियोगिता जित्न सकेको छैन ।

आइतबारको दोस्रो क्वार्टरफाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकका प्रमुख हर्क साङपाङ राईले गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ३० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई