बुढासुब्बा गोल्डकप : आयोजक टोली युकेएफसी भारतसँग पराजित « Khabarhub

बुढासुब्बा गोल्डकप : आयोजक टोली युकेएफसी भारतसँग पराजित


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धरानमा आजदेखि सुरु भएको अन्तर्राष्टिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।

खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै धरान फुटबल क्लब प्रतियोगिताबाटै बाहिरिएको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीको गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । धरानले दुई सुट ‘मिस’ गर्दा खेलबाट बाहिरिएको हो ।

युकेएफसी भारतका सिध्वनी क्षेत्री, सुप्रियो सुरेन, साइल राई, आकाश प्रधान र राज राउतले पेनाल्टी सुट गरेका थिए । धरानका दोर्जे शेर्पा, मदन राई र रोहन मास्कले गोल गरे । एक्काइसौँ संस्करणमा फाइलनमा पुगेको आयोजक टोलीले हालसम्म प्रतियोगिता जित्न सकेको छैन ।

आइतबारको दोस्रो क्वार्टरफाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकका प्रमुख हर्क साङपाङ राईले गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ३० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर