नेता खनाल स्वदेश फिर्ता « Khabarhub

नेता खनाल स्वदेश फिर्ता


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बङ्गलादेशबाट आज स्वदेश फिर्ता भएका छन् ।

बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनमा ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेर उनी आज राति स्वदेश फर्किएका हुन् । उनी बिहीबार बङ्गलादेश प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मानित नेता खनालले बङ्गलादेश–नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए । यसैगरी बङ्गलादेशमा यही वर्षको डिसेम्बरमा हुन गइरहेको निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि उक्त निर्वाचनमा पर्यवेक्षक पठाउने बङ्गलादेशले अपेक्षा लिएको नेता खनालले जानकारी गराए ।

भ्रमणका क्रममा बङ्गलादेशको मानवअधिकारका विषयमा जानकारी दिनुका साथै निर्वाचन आयोगमा पनि पुगेको उनले जानकारी दिए। डिसेम्बरमा बङ्गलादेशमा हुने निर्वाचन निष्पक्ष, धाँधलीरहित तरीकाबाट कसरी गर्ने भन्ने तयारीमा त्यहाँका मानवअधिकारवादी, निर्वाचन आयोग लागि परेको उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : ३० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४