पोल्याण्डमा रूसले पाइपलाइन तेल आपूर्ति रोक्यो « Khabarhub

पोल्याण्डमा रूसले पाइपलाइन तेल आपूर्ति रोक्यो


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोल्याण्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले आफ्नो अन्तिम सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रुसी तेल प्राप्त गर्न बन्द गरेको शनिबार घोषणा गरेको छ ।

“पोल्याण्डतर्फको ड्रुज्बा पाइपलाइनबाट हुने आपूर्ति रूसी पक्षले रोकेको छ,” पोल्याण्डको कम्पनीमार्पत् एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ । यो कदमले पोल्याण्डका ग्राहकहरूलाई आपूर्तिमा असर नपार्ने भन्दै अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति सामुद्री मार्गबाट हुने जनाएको छ ।

हालसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको करिब १० प्रतिशत रूसी पाइपलाइनमार्फत र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो । युक्रेनमा रूसको युद्धलाई लिएर युरोपेली सङ्घ (ईयू) ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेको एक दिनपछि यो कदम चालिएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ०७ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६