आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा « Khabarhub

आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

विराटनगर – जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेर जावलाखेल अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै टिमबाट गोल नभएपछि खेलको छिनोफानो सडेन डेथबाट गरिएको थियो। टाइब्रेकरमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो। सडनडेथमा जावलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरे।

आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ आङदङबेको प्रहार बाहिरिँदा आर्मी पराजित भयो। जावलाखेलका सीमान्त खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

अब जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ। शनिबार तेस्रो क्वार्टरफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ०३ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम