थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै « Khabarhub

थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कपको दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो । खेल साँझ ६ बजे सुरु हुनेछ।

थ्री नेसन्समा भुटानको यो पहिलो खेल हो । भुटान जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ । लाओसको यो दोस्रो खेल हो । लोआस पहिलो जित निकाल्दै फाइनलको सम्भावना कायम राख्न चाहन्छ । पहिलो खेलमा लाओसलाई नेपालले २-० ले हराएको थियो ।

तेस्रो खेलमा नेपालले अब चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । गत ८ गते सुरु भएको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको छ। प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि चैत १७ गते भिड्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विजेताले ५ हजार अमेरिकी डलर र दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : १७ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको