विपन्न परिवारलाई पिउने पानीको व्यवस्था « Khabarhub

विपन्न परिवारलाई पिउने पानीको व्यवस्था


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ ।

इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो । वडा १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, ३ को भक्तिपुर, खड्का र तीनघरे मगरटोलका ७५ र ९ को खुसीपुर, कुरैनियाँ, रामनगर र खोरियाटोलका ७५ विपन्न तथा गरिब घरपरिवारलाई चापाकलमार्फत शुद्ध पिउने पानीको व्यवस्था गरिएको उत्थानशील समुदाय निर्माण परियोजनाका परियोजना प्रमुख चिरञ्जीवी महतोले जानकारी दिए ।

जम्मा १५ वटा चापाकलमार्फत पिउने पानीको व्यवस्था गरिएको हो । नगरका यी तीन वडावासीले प्रयोग गर्दै आएको पिउने पानीमा आर्सेनिक मिसिएको साथै सोही पानी पिउनु पर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या आएको गुनासो आएपछि नगरपालिकाले सिफारिस गरेर सेवा समाजले प्रतिचापाकल करिब रु ८० हजार लगानी गरेर निःशुल्क खानेपानीको व्यवस्था गरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले बताए ।

अहिले शुद्ध पिउने पानी आउने गरेको र आफूहरुले पहिला गाडेको कल चलाउन छाडेको ईश्वरपुर नगरपालिका–१ का रधुवीर सिंहले सुनाए । नगरपालिकाले  सिफारिस गरेपछि आफूहरुले सोही क्षेत्रमा काम गरेको इस्लामिक रिलिफ नेपालको उत्थानशील समुदायको निर्माण परियोजनाका परियोजना प्रमुख महतोले जनाए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ०१ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा