चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा « Khabarhub

चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए ।

“म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ”, निर्देशक सुब्बाले भने, “ नयाँ पुस्तासम्म यो कथा ल्याउनुपर्छ भनेर चलचित्र नै तयार गरेको हुँ ।” उनले लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गर्ने चलचित्रमा एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने सन्देश रहेको जानकारी दिए ।

अभिनेता दयाहाङ राईले मन परेको कथामा भूमिका निर्वाह गरेको बताए । “यसले श्रीमान्सँगै श्रीमतीको स्वतन्त्रतालाई समेटेको छ । जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौँ”, अभिनेता राईले भने । सोही मितिमा आफू अभिनित अर्को चलचित्र ‘बिहे पास’ समेत प्रदर्शन हुनुलाई उनले सहजरूपमै लिन आग्रह गरे । “सायद कोरोनापछि तयार भएका चलचित्रलाई दर्शकसम्म पु¥याउन सबैले राम्रो समय हेर्नुभएको हुन् सक्छ । म यहीँ समयमा छायाङ्कनमा समेत हुन्छु । यद्यपि यो सब प्रक्रिया नै हो”, उनले भने ।

अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताइन् । “मैले सानैदेखि देख्दै आएको कुराहरू नै चलचित्रमा गरे । यद्यपि यसलाई कुनै एकभन्दा पनि सबैले महसुस गर्नुहुनेछ । किनकि यो हाम्रै समाजको कथा हो”, अभिनेत्री मगरले भनिन् । चलचित्रलाई ‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले निर्माण गरेका छन् । उनले राम्रो कथालाई दर्शकसम्म पुर्‍याउन आफू र आफ्नो टिमले निर्माणममा सहकार्य गरिरहेको बताए। चलचित्र ‘जारी’ आउँदो वैशाख १ मा प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ११ : १० बजे

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय