भारतका पृथकतावादी नेता अमृतपाल सिंह नेपाल पस्ने आशंकामा सीमामा सुरक्षा सतर्कता उच्च « Khabarhub

भारतका पृथकतावादी नेता अमृतपाल सिंह नेपाल पस्ने आशंकामा सीमामा सुरक्षा सतर्कता उच्च


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले ‘खालिस्तान’ नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ ।

पछिल्लो समय लन्डन र सन फ्रान्सिसकोसहित भारतमै पनि खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीको खोजीमा रहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा नेपाल भारत सीमामा सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

वारिस पञ्जाब दे नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर सार्वजनिक भएपछि भारतीय सुरक्षा निकायले उनी सोही क्षेत्रबाट नेपाल पस्ने सक्ने आशंकमा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको बताइएको छ ।

भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएअनुसार सिंह उत्तराखण्डबाट नेपाल पस्नसक्ने आशंकामा नेपाल–भारत सीमामा अलर्ट जारी गरिएको छ । यससँगै पछिल्ला दिनमा मुख्यतः शिख समुदायका मानिसहरुलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ ।

अमृतपाल सिंह सम्पर्कविहीन भएपनि खलिस्तान समर्थकहरुलाई भने भारतीय प्रहरीले देशैभरीबाट धमाधम पक्राउ गरिरहेको छ । हिंसा भड्कने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सिमा भित्र केही दिन इन्टनेटसमेत पनि अवरुद्ध गरेको थियो ।

अमृतसर नजिकै रहेको अज्नाला प्रहरी कार्यालयमा अमृतपाल सिंहको समुहले आक्रमण गरी आफ्ना सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले कारवाही सुरु गरेको हो । प्रहरीले उनी माथी लूकआउट नोटिस तथा पक्राउ पुर्जी जारी गरेको छ ।

उता, अमृतपालमाथि धरपकड हुन थालेपछि पश्चिमा मुलुकमा रहेका खलिस्तान समर्थकहरुले लन्डन, सन फ्रान्सिस्कोलगायतका सहरमा रहेका भारतीय नियोगमा राखिएका झन्डा निकालेर खलिस्तानी झन्डासमेत राखेका थिए । खलिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासमक्ष आपत्ति जनाइसकेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  २ : ०१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा