भारतका पृथकतावादी नेता अमृतपाल सिंह नेपाल पस्ने आशंकामा सीमामा सुरक्षा सतर्कता उच्च « Khabarhub

भारतका पृथकतावादी नेता अमृतपाल सिंह नेपाल पस्ने आशंकामा सीमामा सुरक्षा सतर्कता उच्च


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले ‘खालिस्तान’ नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ ।

पछिल्लो समय लन्डन र सन फ्रान्सिसकोसहित भारतमै पनि खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीको खोजीमा रहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा नेपाल भारत सीमामा सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

वारिस पञ्जाब दे नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर सार्वजनिक भएपछि भारतीय सुरक्षा निकायले उनी सोही क्षेत्रबाट नेपाल पस्ने सक्ने आशंकमा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको बताइएको छ ।

भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएअनुसार सिंह उत्तराखण्डबाट नेपाल पस्नसक्ने आशंकामा नेपाल–भारत सीमामा अलर्ट जारी गरिएको छ । यससँगै पछिल्ला दिनमा मुख्यतः शिख समुदायका मानिसहरुलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ ।

अमृतपाल सिंह सम्पर्कविहीन भएपनि खलिस्तान समर्थकहरुलाई भने भारतीय प्रहरीले देशैभरीबाट धमाधम पक्राउ गरिरहेको छ । हिंसा भड्कने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सिमा भित्र केही दिन इन्टनेटसमेत पनि अवरुद्ध गरेको थियो ।

अमृतसर नजिकै रहेको अज्नाला प्रहरी कार्यालयमा अमृतपाल सिंहको समुहले आक्रमण गरी आफ्ना सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले कारवाही सुरु गरेको हो । प्रहरीले उनी माथी लूकआउट नोटिस तथा पक्राउ पुर्जी जारी गरेको छ ।

उता, अमृतपालमाथि धरपकड हुन थालेपछि पश्चिमा मुलुकमा रहेका खलिस्तान समर्थकहरुले लन्डन, सन फ्रान्सिस्कोलगायतका सहरमा रहेका भारतीय नियोगमा राखिएका झन्डा निकालेर खलिस्तानी झन्डासमेत राखेका थिए । खलिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासमक्ष आपत्ति जनाइसकेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  २ : ०१ बजे

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’