भुटानविरुद्धको खेलमा लाओस विजयी | Khabarhub Khabarhub

भुटानविरुद्धको खेलमा लाओस विजयी


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत आज भएको खेलमा लाओस विजयी भएको छ । लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमै लाओसका लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र लाओस विजयी भयो । समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र भुटान भिड्नेछन् । पहिले खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : २० बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोटी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा

सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी

काठमाडौं- काठमाडौंको बागमती र मनोहरा किनारसहितका सुकुम्बासी बस्ती उठाउने मेयर

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा