अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु « Khabarhub

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ ।

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी ९एमईएमए० का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ ।

“मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,” स्थितिको भयानक तस्बीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेखेका छन् ।

उनले भने, “हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौं । खोजी र उद्धार कार्य जारी छ ।”

मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीयबासिन्दालाई सचेत रहन भनिएको छ । एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ । हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ । मृतक र वेपत्ताहरूको सङ्ख्या निके हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

टिभीमा प्रशारित भिडियोमा आपतकालिन सेवाहरूले सहयोगको खाँचो परेकाहरूलाई पु¥याउने प्रयास गरिरहँदा घरहरु समतल भएको र सडकहरुमा भग्नावशेष छरिएको देखिएको छ ।
मेमाका मालरी ह्वाइटले भने, “जहाँसम्म आधिकारिक क्षतिको आँकलन शनिबार मध्यान्नसम्म असम्भव हुने देखिएको छ ।”

“अहिले हाम्रो मुख्य प्राथमिकता जीवन सुरक्षा हो र मानिसहरूको अवस्थाको लेखाजोखा र उनीहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु हो,” उनले सीबीएस न्यूजसम्बद्ध डब्ल्यूजेटिभीलाई भने ।

शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवातको चेतावनी जारी गरिएको थियो । तर स्थानीय समयअनुसार शनिबार बिहान २ः४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ३७ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा