अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु « Khabarhub

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ ।

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी ९एमईएमए० का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ ।

“मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,” स्थितिको भयानक तस्बीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेखेका छन् ।

उनले भने, “हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौं । खोजी र उद्धार कार्य जारी छ ।”

मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीयबासिन्दालाई सचेत रहन भनिएको छ । एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ । हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ । मृतक र वेपत्ताहरूको सङ्ख्या निके हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

टिभीमा प्रशारित भिडियोमा आपतकालिन सेवाहरूले सहयोगको खाँचो परेकाहरूलाई पु¥याउने प्रयास गरिरहँदा घरहरु समतल भएको र सडकहरुमा भग्नावशेष छरिएको देखिएको छ ।
मेमाका मालरी ह्वाइटले भने, “जहाँसम्म आधिकारिक क्षतिको आँकलन शनिबार मध्यान्नसम्म असम्भव हुने देखिएको छ ।”

“अहिले हाम्रो मुख्य प्राथमिकता जीवन सुरक्षा हो र मानिसहरूको अवस्थाको लेखाजोखा र उनीहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु हो,” उनले सीबीएस न्यूजसम्बद्ध डब्ल्यूजेटिभीलाई भने ।

शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवातको चेतावनी जारी गरिएको थियो । तर स्थानीय समयअनुसार शनिबार बिहान २ः४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ३७ बजे

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा– सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त