भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी | Khabarhub Khabarhub

भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वाधिक राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ ।

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फबाट एक–एक गोल भएपछि ट्राइबेकरमा खेलाइएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ ।

निर्धारित समयमा भारतका लागि खेलको २०औँ मिनेटमा जर्सी नम्बर–६ का खेलाडी बिरेन प्रधानले एक गोल गरेका थिए भने मोरङका तर्फबाट जर्सी नम्बर ६ का विशाल पाण्डेले खेलको ७४औँ मिनेटमा एक गोल गर्दै खेललाई बराबरी अवस्थामा पु¥याएका थिए ।

खेल बराबरी भएपछि समय थप नगरी सिधा ट्राइबेकरमा खेल सञ्चालन गरिएको थियो । सो क्रममा डाँगीहाट युथ क्लब मोरङका तर्फबाट विवेक राई, प्रवीण राई, धिरेन विष्ट र सन याक्खाले चार गोल गरे भने युकेएफसी भारतका तर्फबाट पेमा लामा, तुसार विश्वकर्मा र साहिल राईले तीन गोलमात्र गर्न सफल भए ।

खेलको म्यान अफ द म्याच डाँगीहाट युथ क्लब मोरङका जर्सी नम्बर १६ का गोलकिपर चरी लिम्बू भएका छन् । शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई दुईका विरुद्ध चार गोल गर्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी रहेको खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।

गोल्डकपको मुख्य प्रायोजक भोजपुर नगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु २५ लाख सहयोग गरेको छ । करिब रु ३२ लाख ८० हजारको लागतमा सञ्चालन भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

आइतबारको तेस्रो खेल गोर्खा ब्वाइज रुपन्देही र भगवती स्पोर्टस् क्लब खोटाङका बीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । चैत १० बाट सुरु प्रतियोगितामा १० देखि १३ गतेसम्म क्वाटरफाइनल, १४ र १५ गते सेमिफाइनल तथा १६ गते फाइनल खेल सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ४९ बजे

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा