भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी « Khabarhub

भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वाधिक राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ ।

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फबाट एक–एक गोल भएपछि ट्राइबेकरमा खेलाइएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ ।

निर्धारित समयमा भारतका लागि खेलको २०औँ मिनेटमा जर्सी नम्बर–६ का खेलाडी बिरेन प्रधानले एक गोल गरेका थिए भने मोरङका तर्फबाट जर्सी नम्बर ६ का विशाल पाण्डेले खेलको ७४औँ मिनेटमा एक गोल गर्दै खेललाई बराबरी अवस्थामा पु¥याएका थिए ।

खेल बराबरी भएपछि समय थप नगरी सिधा ट्राइबेकरमा खेल सञ्चालन गरिएको थियो । सो क्रममा डाँगीहाट युथ क्लब मोरङका तर्फबाट विवेक राई, प्रवीण राई, धिरेन विष्ट र सन याक्खाले चार गोल गरे भने युकेएफसी भारतका तर्फबाट पेमा लामा, तुसार विश्वकर्मा र साहिल राईले तीन गोलमात्र गर्न सफल भए ।

खेलको म्यान अफ द म्याच डाँगीहाट युथ क्लब मोरङका जर्सी नम्बर १६ का गोलकिपर चरी लिम्बू भएका छन् । शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई दुईका विरुद्ध चार गोल गर्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी रहेको खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।

गोल्डकपको मुख्य प्रायोजक भोजपुर नगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु २५ लाख सहयोग गरेको छ । करिब रु ३२ लाख ८० हजारको लागतमा सञ्चालन भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

आइतबारको तेस्रो खेल गोर्खा ब्वाइज रुपन्देही र भगवती स्पोर्टस् क्लब खोटाङका बीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । चैत १० बाट सुरु प्रतियोगितामा १० देखि १३ गतेसम्म क्वाटरफाइनल, १४ र १५ गते सेमिफाइनल तथा १६ गते फाइनल खेल सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ४९ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको