तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई « Khabarhub

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

रूपेन्देही – बुटवलमा जारी २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङ्दी क्लबले हात पारेको छ ।देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मस्याङ्दीले उपाधि हात पारेको हो ।

जितसँगै मनाङले रु ११ लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । मनाङले सुदूरपश्चिम–११ लाई सड्नडेथमा ४–३ गोलअन्तरले पराजित गरेको हो ।

पेनाल्टी सुटआउटमा मनाङका चार खेलाडीले गोल गरे पनि अजित गुरुङको प्रहार बिममा लाग्दै बाहिरिएको थियो । यसैगरी सुदूरपश्चिम–११ का चार खेलाडीले गोल गर्दा फागुराम थारूको प्रहारलाई मनाङका गोलरक्षक जियानाथ शेखले सहजै छेक्न सफल भए । पेनाल्टी सुटआउटमा समान ४–४ गोल भएपछि सडनडेथबाट विजेताको टुङ्गो लगाइएको थियो । सडनडेथमा मनाङले ४–३ गोलअन्तरले जित दर्ता गरेको थियो ।

निर्धारित समयको खेलमा दोस्रो हाफमा मनाङका कोफी टिमोथी कोडोले ५९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुदूरपश्चिम–११ का लागि ७१औँ मिने फागुराम थारूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम–११ का फागुराम थारू सर्वोत्कृष्ट खेलाडी बन्दै होन्डाको डियो स्कुटर प्राप्त गर्न सफल भएका छन् । उनले प्रतियोगितामा सर्वाधिक चार गोल गर्न सफल भए । यसैगरी विधागततर्फ वेष्ट फर्वाडरको उपाधिसमेत उनैले जितेका छन् । उक्त उपाधिसँगै उनले रु ३० हजार प्राप्त गरे ।

यसैगरी मनाङका जियानाथ शेख उकृष्ट गोलरक्षक, विसन गुरुङ उत्कृष्ट मिडफिल्डर, क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा किरण श्रेष्ठ उकृष्ट कोच बन्दै जनही रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ५९ बजे

मतदातासमक्ष एमाले महासचिव पोखरेलका पाँच संकल्प 

देउखुरी– दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माओवादी युद्धका समयमा नक्कली

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार