अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला « Khabarhub

अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता लगाएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा रहेका थप ६ चिनियाँ ‘प्रहरी चौकी’ पत्ता लगाएका हुन् ।

यससँगै अमेरिकाभर अन्य धेरै गैरकानूनी संस्थाहरू पनि फैलिएको दाबी गरिएको छ । चीनमाथि बेलाबेलामा जासुसीको आरोप लाग्ने गरेको छ ।

यसअघि अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले न्युयोर्कको म्यानहटनमा चिनियाँ प्रहरी चौकी रहेको खुलासा गरेको थियो । एफबीआईले यस घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरेको थियो ।

लस एन्जलस र न्युयोर्क सहरबाहेक एफबीआईले सान फ्रान्सिस्को, ह्युस्टनका साथै नेब्रास्का र मिनेसोटाका सहरहरूमा पनि चिनियाँ प्रहरी चौकी फेला पारेको बताइएको छ ।

विश्वभर चिनियाँ नागरिकको निगरानी गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीले यस्ता प्रहरी चौकी स्थापना गरेको अधिकारीको दाबी छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ६ : ४४ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान