नवनियुक्त परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूत छन सङबीच भेटवार्ता « Khabarhub

नवनियुक्त परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूत छन सङबीच भेटवार्ता


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार छनले मंगलबार परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त अवसरमा राजदूत छनले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए ।

परराष्ट्रमन्त्री साउदलाई सोमबार युरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि साउदसँग भारत र अमेरिकाका राजदूतले पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ६ : ५५ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ