लोकतन्त्र दिवसप्रति उदासिनता देखाएको भन्दै अधिकारकर्मीको निन्दा « Khabarhub

लोकतन्त्र दिवसप्रति उदासिनता देखाएको भन्दै अधिकारकर्मीको निन्दा


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तामा रहेका दलहरुले लोकतन्त्र दिवसप्रति उदासिनता र हिंसात्मक जनयुद्धप्रति अनुराग देखाएको भन्दै अधिकारकर्मीहरुले निन्दा गरेका छन् ।

सत्रौँ लोकतन्त्र दिवसका अवसरमा मंगलबार मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा अधिकारकर्मीहरुले वैशाख ११ गतेको लोकतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्नेमा जोड दिएका छन् ।

शान्ति समाज रुपन्देही शाखाद्वारा बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै शान्ति समाजका निवर्तमान सभापति एवं सल्लाहकार गोविन्द खनालले नागरिकहरुमा बढ्दो असन्तोष विशेषत युवा पुस्तामा बिद्रोहको भावना बढ्न थालेको र राष्ट्रले समयमै सम्बोधन गर्न नसके विष्फोटको खतरा रहेको बताए ।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले लोकतन्त्र दिवस वैशाख ११ लाई सदैव राष्ट्रिय उत्वसको रुपमा मनाउन आह्वान गर्दै आएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : २३ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ