सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो « Khabarhub

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ । सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ५८ रहेको छ ।

कर्णालीमा ४८, मधेसमा ४४, बागमतीमा ४२, गण्डकीमा १२ र कोशीमा पाँच औलोका बिरामी रहेका छन् । देशभरमै औलोका बिरामीको सङ्ख्या चार सय ९१ रहेको छ । औलोको जोखिममा रहेको जनसङ्ख्या देशभरमा एक करोड एक लाख ४० हजार रहेको छ ।

नेपाल औलो रणनीतिक योजनाअन्तर्गत सन् २०२५ सम्म देशलाई औलो उन्मूलन गर्ने उद्देश्य राखिए पनि सुुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्नुमा खुला सीमा नाका जिम्मेवार रहेको छ । न्यून आयस्रोत भएका व्यक्तिहरू भारतमा मजदुरी गर्न जाने गर्दछन् ।

भारतबाटै औलोको सङ्क्रमण भएर फर्कने हुँदा बिरामीको सङ्ख्या अधिक देखिएको हो । आव २०७९/०८० मा सुदूरपश्चिम प्रदेशमा आयातित बिरामीको सङ्ख्या एक सय ६५ रहेको छ भने स्थानीय बिरामीको सङ्ख्या १६ मात्रै रहेको छ । जोखिमयुक्त मानिने प्लाज्मोडिएम फाल्सिरम बिरामीको सङ्ख्या प्रदेशमा २० रहेको छ ।

औलो रोकथामका लागि ७३ हजार पाँच सय ३८ परिवारलाई विषादीयुक्त झुल वितरणको कार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले बताए । उनका अनुसार गर्भवती तथा औलोको जोखिममा रहेका व्यक्तिलाई २१ हजार चार सय झुल वितरण गरिएको छ । सबैभन्दा बढी प्रदेशमा १५ वर्षमाथिका एक सय ६४ महिला पुरुषमा औलोको सङ्क्रमण देखिएको छ ।

“प्रदेशमा औलोबारे अनुसन्धान अध्ययन गर्न लामखुट्टे अनुसन्धान प्रयोगशाला स्थापना गरिएको छ”, उनले भने, “प्रयोगशाला स्थापना भएपछि औलो सार्ने लामखुट्टेको पहिचान गर्ने कार्यसँगै ग्रामीण क्षेत्रसम्म औलो जाँचको कार्य भइरहेको छ ।”

औलो रोग निवारणका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने कार्यसँगै अस्पताल, स्वास्थ्य चौकीको क्षमता विस्तारका लागि कार्य भइरहेको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । “सीमित साधन स्रोतमै काम गर्नुपरेको छ”, उनले भने, “साधन स्रोतमा वृद्धिसँगै कार्य अगाडि बढाइए औलो उन्मूलनको कार्यमा टेवा पु¥याउन सकिन्छ ।” पहिले हजारौँको सङ्ख्यामा औलोका बिरामी हुने गरेको उल्लेख गर्नुहुँदै उनले औलो निवारणका लागि कार्यक्रम आयोजना हुन थालेपछि औलोका रोगीको सङ्ख्या घट्दै गएको बताए।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ०७ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान