यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी | Khabarhub Khabarhub

यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।

आज भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो । गण्डकीको जित भने पहिलो हो । स्थानीय फाप्ला मैदानमा आज भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले पराजित ग-यो । अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई १२ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको मधेसले सबै विकेट क्षतिमा एक सय २५ रन बनायो । उसका लागि राहन शाहले ३९ रन र चन्दन रायले २७ रन बनाए । कर्णालीका लागि विपिन शर्माले तीन विकेट तथा लक्की बम र दीप पौडेलले दुई/दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले निर्धारित ओभरमा नौ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो । उसका लागि दिपेश रावतले १५ र रोशन शाहीले १३ रन बनाए ।

मधेसका लागि पप्पु यादवले तीन विकेट र रोहन शाहले दुई विकेट लिए । खेलमा दुई विकेट लिएर ३९ रन बनाएका मधेस प्रदेशका राहन शाह ‘प्लेयर अफ द म्याच भए ।

अर्को खेलमा गण्डकीले पहिले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन बनायो । गण्डकीका लागि रोहित कुँवरले ५१ रनको अर्धशतकीय पारी खेले । रोहित चन्दले ३७ रन बनाए । कोशीका लागि प्रतिक पोखरेल सौजन घिमिरेले तीनरतीन विकेट र प्रेम कामतले दुई विकेट लिए । प्रतिउत्तरमा कोशीले निर्धारित ओभरमा आठ विकेट क्षतिमा एक सय ५० रन मात्रै बनाउन सक्यो ।

उसका लागि दिपु भुजेल र शिवांश बजगाईँले समान ३५/३५ रन बनाए भने सौजन घिमिरेले २३ रन जोडे । गण्डकीका लागि सिब्रिन श्रेष्ठले चार विकेट र अश्विन थापाले दुई विकेट लिए । चार विकेट लिएका गण्डकीका सिब्रिन श्रेष्ठ खेलको प्लेयर अफ द म्याच भए ।

प्रतियोगिताअन्तर्गत भोलि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बीच तथा अर्को खेल कोशी प्रदेश र बागमती प्रदेशका बीच हुँदैछ । प्रतियोगितामा देशका सातवटै प्रदेशको क्रिकेट टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ३४ बजे

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट