सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरिने « Khabarhub

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरिने


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय जतिसक्दो चाँडो टुङ्ग्याउने, कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

मन्त्री ज्वालाले भने, “आजको क्याबिनेटमा काठमाडौँ–तराई मधेस फाष्ट ट्रयाकको सन्दर्भमा जग्गा प्राप्तिको विषयमा केही दिन अगाडि गठन गरिएको उच्चस्तरीय समितिले काम अगाडि बढाएको छ र छिट्टै जग्गा प्राप्तिको काम अगाडि बढाउने निर्णय भएको छ ।”

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ४८ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान