बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते « Khabarhub

बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना भाइते भएका छन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन्। सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलवार बिहान बँदेलले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीसँगै अन्य तीन जना स्थानीयलाई समेत बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।

सशस्त्र प्रहरीका हवल्दार गोपाल साउँद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका सिंहले बताए ।

घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ। अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। बँदेललाई मारिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : १६ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको