रुस भ्रमण ऐतिहासिक भयो : अध्यक्ष तिमिल्सिना | Khabarhub Khabarhub

रुस भ्रमण ऐतिहासिक भयो : अध्यक्ष तिमिल्सिना


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा सम्पन्न भएको रसिया(रुस) भ्रमण ऐतिहासिक भएको बताएका छन् ।

रसियाको उपल्लो सदन सङ्घीयसभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणामा भएको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अध्यक्ष तिमिल्सिनाले रसियासँग अन्तर व्यवस्थापिका सहयोग आदनप्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्वपूर्ण भएको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा रसियाको उपल्लो सदन र राष्ट्रियसभाका बीचमा अन्तर–संसदीय सहयोगलाई प्रवद्धन गर्नेलगायत विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको बताए ।

राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बीचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासङ्घबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रिया अन्तर–संसदीय विषयलाई समावेश गरिने उल्लेख छ ।

त्यसैगरी आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्तावेजको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधि, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा विगतमा रोकिएको नेपाल र रुस सीधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन रुस तयार रहेको जानकारी दिए ।

रुसको सहयोगमा बनेको कान्ति बाल अस्पतालको क्षमता विस्तारका लागि पनि रुसले चासो दिएको छ भने नेपालका स्थानीय तह र रुसका स्थानीय तहका बीचमा पनि मितेरी सम्बन्ध विस्तार गर्ने सहमति भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : ४३ बजे

गभर्नरको ‘बहिर्गमन’ बहानामा उचालेर थेचारिएको साताको शेयर बजार

काठमाडौं – यो साता सामाजिक सञ्जालदेखि प्रायः सबैजसो सञ्चारमाध्यमसम्म नेपाल

विकास निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै

सात वर्षमा सात सरकार झेल्दै गण्डकी प्रदेश : सर्वत्र टुक्रे योजना

पोखरा – गण्डकी प्रदेश स्थापना भएर सञ्चालनमा आएको सात वर्ष

विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल, इरानी विदेशमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं– हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको

‘६ महिना पहिले र अहिलेका प्रचण्ड उही हुन् कि फरक ?

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल