लुम्बिनीमा सरकार गठनका लागि आह्वान | Khabarhub Khabarhub

लुम्बिनीमा सरकार गठनका लागि आह्वान


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्।

प्रदेश प्रमुख शेरचनले आज साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न २०८० साल वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीले सोमबार प्रदेशसभामा प्रस्ताव गरेको विश्वासको मत मत पाउन नसकेपछि नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको हो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम एमाले संसदीय दलका नेता मुख्यमन्त्री गिरी नेतृत्वमा गठित सरकारले सोमबार विश्वासको मत पाउन नसकी ढलेपछि प्रदेश प्रमुख शेरचनले पुनः उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन् ।

विज्ञप्तिमा २०७७ साल फागुन ११ गते सर्वोच्च अदालतबाट गरिएको संवैधानिक व्याख्याअनुसार दुई वा सोभन्दा बढी दलबाट सरकार गठन हुनसक्ने नयाँ समीकरण सिर्जना भएमा त्यस्तो सरकार बनाउन सक्ने विकल्प प्रतिनिधिसभाभित्र खोज्नुपर्ने धारा ७६ को समष्टिगत उद्देश्य मनसाय रहेको भन्ने नजीरलाई मध्यनजर राख्दै धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रह्लाद पोखरेलले आज साँझ जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

यससँगै यसअघि ५३ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री बनाउन लुम्बिनी प्रदेश कांग्रेस दलका नेता डिल्ली चौधरीको नाममा हस्ताक्षर बुझाइसकेकाले उहाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : ०९ बजे

सुनसरीमा आँप उत्पादन घट्यो

धरान– जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा  मूल्य बढेको

अज्ञात समुहको कुटपिटबाट एक जनाको मृत्यु, तीन घाइते

पाँचथर– अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

गण्डकी– पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले

नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

मुग्लिन– सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा