आगामी सातादेखि ओमानबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने « Khabarhub

आगामी सातादेखि ओमानबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने



दोहा – अब ओमानबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने भएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली दूतावास, मस्कट, ओमानबाट आगामी साता (जेठ १८ गते) बिहीबारदेखि पुनः श्रम स्वीकृति प्रदान गरिने दूतावासले जनाएको छ छ।

दूतावासका अनुसार पुनः श्रम स्वीकृतिका लागि प्राप्त हुने आवेदनको संख्याअनुसार थपघट हुने गरी हाललाई दैनिक १५ वटा टोकन उपलब्ध हुने गरी पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने जनाएको छ ।

पुनः श्रम स्वीकृत लागि आवेदन गर्दा अनलाइन फारम भर्नु पर्दछ। पुनः श्रम स्वीकृति लिन राजदूतावासमा उपस्थित हुनु पर्दैन। सबै प्रक्रिया अनलाइनबाटै गर्न सकिन्छ। अनलाइन फारम भर्दा सम्भव भएसम्म सम्बन्धित व्यक्ति आफैले भर्नुपर्छ। आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्छ।

आफैले भर्न सम्भव नभएमा सो कार्यको लागि अन्य सहयोगी व्यक्ति, संस्था वा दूतावासका स्वयम् सेवक मार्फत पनि भर्न सकिने दूतावासले जनाएको छ ।
अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ। र सो को स्क्यान कपि प्रविष्टि (अपलोड) गर्नुपर्दछ।

१. पासपोर्ट साइजको फोटो।
२.तस्बिर भएको राहदानीको पेज ।
३. राहदानीमा लागेको आगमन र प्रस्थानको विवरण खुल्ने पेजहरू।
४.करार सम्झौता।
५.पुरानो श्रम स्वीकृति।
६.भिसा।

तोकिएको स्थानमा जुन कागजात भनिएको छ सोही कागजात तोकिएको ढाँचा (जेपीजीई, पीएनजी वा पिडिएफ) तथा तोकिएको आकार (पाँच एमबीभन्दा कम साइजमा) मा प्रविष्टि गर्नुपर्दछ।

पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा देहायको प्रक्रिया अपनाई अनलाइन आवेदन दिन दूतावासले सबैमा अनुरोध गरेको छ।

पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागको वेभ साइटमा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्ने लगइनमा क्लिक गर्नुहोस्।

तत्पश्चात् आफ्नो राहदानी नम्बर र पासवर्ड प्रयोग गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्न सकिनेछ र श्रम स्वीकृतिका लागि आवेदनमा क्लिक गरी प्रक्रिया अगाडि बढाई आवेदन दिन सक्नुहुनेछ।

यसरी आवेदन दिँदा नयाँ राहदानी लिनुभएको भए सोही राहदानी आधारमा प्रक्रिया अगाडि बढाउनुहोला। पासवर्ड बिर्सनु भएको अवस्थामा राजदूतावासको इमेलमा अनुरोध गर्न सक्नुहुनेछ। पासवर्ड रिसेट भएको जानकारी आफ्नो ईमेलमा नै प्राप्त हुनेछ।

वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमै सम्पूर्ण विवरण अपडेट गरी माग भए बमोजिमको कागजपत्र प्रविष्टि गर्नुपर्नेछ। अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन गर्ने स्थानमा “मस्कट ओमान” छनौट गरी आवेदन दिनुपर्नेछ।

श्रम स्वीकृतिका लागि तिर्नुपर्ने कल्याणकारी कोष, बिमा र सामाजिक सुरक्षा कोषको रकम सम्बन्धित व्यक्तिले सोझै विद्युतीय भुक्तानी प्रणाली (कनेक्ट आइपीएस, इसेवा वा खल्ती) आदि मार्फत पनि तिर्न सकिनेछ।

पुरानो श्रम स्वीकृति लिँदा आँखा वा ‍औठाछाप दर्ता गर्नुभएको छैन भने अनलाइनबाट पुनः श्रम स्वीकृति लिन मिल्दैन। यसको लागि वैदेशिक रोजगार कार्यालयमा आँखा वा औँठाछाप दर्ता भएको हुनुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ८ : ०० बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,