दक्षिण अफ्रिकाको संकट | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाको संकट


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दक्षिणी गोलार्धको दक्षिण अफ्रिका एकदमै खराब मोडमा उभिएको छ। दैनिक १६ घण्टासम्म ऊर्जा आपूर्तिको समस्यामा उनीहरू छन्। यो पीडादायी दैनन्दीनीको मूल कारण खराब, व्यवस्थापन, भ्रष्टाचार तोडफोड बनेको छ। नोभेम्बर महिनाको अन्तिम बिहीबार निर्माण ठेकेदार दक्षिण अफ्रिकाको एक ऊर्जा केन्द्रमा प्रवेश गरेका थिए। त्यहाँ स्टिलको माग भन्दा पनि सानो भाँडो लिएर एक व्यक्ति पुगेका थिए। त्यहाँ के भने कुन्नि एकाएक ऊर्जा संकट सुरु भयो। तेलको आपूर्ति हुने स्थानमा आपूर्ति बन्द भयो। एकपछि अर्को समस्या थपिँदै गयो।

यसै समस्याले दक्षिण अफ्रिकामा अहिले अपराध र बेरोजगारीको समस्या थपिँदो छ। यसले अर्थतन्त्रमा ठूलो खाडल बनाउँदै लगेको छ। धनी र गरिब बीचको भिन्नता बढ्दो छ। अहिलेको अवस्था हेर्दा दक्षिण अफ्रिका कतै ग्याङ स्टारको देश बन्ने त होइन या असफल राज्य हुने त होइन भन्ने अवस्था देखा पर्न थालेको छ।

ऊर्जा संकट निम्त्याउने र कोइला खानीलाई प्रशय दिन अहिले गिरोह नै लागेको छ। यो सबै गर्न ग्याङ स्टारको सक्रियता बढ्दो छ। पूर्वी भागको जोहन्सवर्गमा रहेका धेरै ऊर्जा केन्द्रमा तोडफोड हुन थालेको छ। केही नयाँ स्थानमा बनाउन पनि खोजिएको छ। नयाँ खानी उत्खनन पनि भएको छ।

४३ वर्षीय सिमोन सोअुंगे, ठेकदारी गरी रहेका छन्। उनकै ठेकेदारमा सन् १९६० मा जोहन्सबर्गमा कोइला खानी उत्खनन भएको थियो। आन्तरिक युद्धमा फसेको दक्षिण अफ्रिकाको त्यसै खानीमा सन् १९८० मा बम प्रहार गरिएको थियो। सन् १९९० मा फेरि यो सञ्चालनमा आएको छ। यसको जिम्मेवारी सिमोनले पाएका थिए। पछिल्लो समय त ग्याङ स्टारको आक्रमणले त्यो काम नै नलाग्ने अवस्थामा पुगेको छ।

यो त भयो खानीका कुरा। जहाँसम्म विद्युत् आपूर्तिको केन्द्र छ। त्यहाँ अर्कै किसिमको समस्या छ। विभिन्न स्थानमा समय समयमा समस्या आउँछ। बनाएर तयार त गरिन्छ। तर समस्याले फेरि सताउँछ। हरेक स्थानमा कमसल सामान प्रयोग गरेर ठेकेदार र निर्माण कम्पनीले धेरै लाभ लिने चलनले गर्दा अहिले समस्या थपिएको छ।

यसरी बारम्बार कमजोर संरचना तयार पारिनुमा दुई कारण प्रमुख मानिएको छ। त्यस समस्याको मूल कारण भनेको ठेकदारको अन्य कच्चा पदार्थ आपूर्ति गर्ने कम्पनीको मिलो मतोमा हुने भष्टाचार प्रमुख कारण रहेको जनाइन्छ। यसरी नयाँ सामान बारम्बार किन्ने क्रममा गरिने भ्रष्टाचारले त्यहाँको समस्या बढाएको छ।

धेरैले त दक्षिणा अफ्रिकी सरकारलाई असफल गराउनका लागि एउटा ठूलो समूह नै दूरगामी सोचका साथ ऊर्जा क्षेत्रमा समस्या उत्पन्न गराउन त लागेको होइन भन्ने आशंकासमेत गर्न थालिएको छ। अहिले त्यहाँ बढेको अपराधिक समूहले विष खुवाएर हत्या गर्ने, आगो लगाउने र अन्य यावत अपराधीक काम गर्दै राजनीतिक शक्तिको रूपमा उदाउने प्रयास गरिरहेको छ।

दक्षिण अफ्रिका विगतमा नै कोइलाको देशको रूपमा परिचित रहेको थियो। तर यसले वातावरण र स्वास्थ्यमा पार्ने असरलाई ध्यानमा राख्दै विद्युतमा आत्म निर्भर बनाउने प्रयास जारी राखिएको छ। यसै क्रममा राज्यले कोइला खानी हटाउँदै जाने नीति लिएको हो।

पछिल्लो एक दशकमा आएर यो अवस्था फेरिएको छ। दक्षिण अफ्रिकामा बारम्बार ऊर्जा संकट थपिएको छ। अँध्यारो युगमा सो देश गई रहेको छ। संकट समाधान नै हुन नसक्ने हो कि भन्ने अवस्थासमेत आइसकेको छ।

जोहन्सबर्गको त्यही उत्पादन केन्द्रमा आक्रमण भएको एक महिनापछि मेसिन यत्रतत्र काम नलाग्ने अवस्थामा भेटिएका थिए। अहिले खाने कुरामा विष मिसाउने प्रचलन पनि देखिएको छ। यसरी विष तत्काल असर गर्ने नभई स्लो पोइजन पनि प्रयोग हुन थालेको छ। त्यहाँको एक उच्च अधिकारी बिरामी भएर अस्पताल लगिदा उनको शरीरमा कडा खालको विषयको साथमा मुसाको औषधि पनि मिसाइएको थियो। संयोगवश उनी बाच्न त बाचे यसले दक्षिण अफ्रिकामा नै गम्भीर बहसको सुरुवात गरेको छ।

यसरी विष सेवन गराइएका ती अधिकारी आफ्नो काममा राम्रो मानिन्थे। राम्रो काम गरी रहेकालाई यसरी विष सेवन गराइनुको कारण के भन्ने अहिले सर्वत्र चासोको विषय बनेको छ।

एक ऊर्जा कम्पनीका प्रमुख कार्यकारी डा. रोयटर आफूलाई मार्न चाहनेको एउटा लामो सूची नै भएको बताउँछन्। उनले भ्रष्टाचार नगरी काम गरेपछि यसले असर गरेको धेरै जना ज्यान नै लिन लागि परेको उनको अनुभव छ। कोइला खानीबाट बर्सेनी यसरी रकम लिनेबाट उनलाई विष सेवन गराइएको अनुभव उनको छ। डा. रोयटरलाई त्यहाँको स्थानीय एक व्यापारीले मिलेमतोमा कमसल सामान दिने कुरा गरेका थिए। उनले इमानदारी पूर्वक त्यस प्रस्तावलाई अस्वीकार गरेका थिए।

त्यहाँ यस किसिमको अपराधकी गिरोहमा राजनीतिक शक्ति पनि आबद्ध भएको जनाइन्छ। सबै भन्दा खतरनाक अवस्थामा अपुलंगामा छ , यो कोइला खानीको केन्द्र मानिन्छ। त्यहाँ कानुन नै नभएको अवस्था छ।

दक्षिण अफ्रिकाको एक सञ्चार माध्यमले जनाए अनुसार चार सय अमेरिकी डलरमा सार्प सुटर नै खरिद गर्न पाइन्छ। कुनै समय संसारको आदर्श मानिने यो देशको अवस्थाले अहिले धेरैलाई आश्चर्यमा पारेको छ। स्रोतः बीबीसी

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ८ : ०८ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल