महानगरको ‘शिक्षामा सीप’ कार्यक्रमप्रति उत्साहित छौँ « Khabarhub

महानगरको ‘शिक्षामा सीप’ कार्यक्रमप्रति उत्साहित छौँ


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं महानगरपालिकाले भर्खरै सुरु गरेको ‘शिक्षामा सीप’ नामक कार्यक्रम अहिले ‘इनिसियल फेज’मा नै छ। यो कति र कुन ढंगले अगाडि जान्छ भन्ने कुरा हामीले हेर्न बाँकी छ। यो कार्यक्रमले विद्यार्थी भाइबहिनीमा सकारात्मक ज्ञान र सोचको विकास गराएको छ। त्यसैले यो कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढ्छ भन्ने हामीले ठानेका छौँ।

काठमाडौं महानगरपालिका एउटा लिडिङ महानगरपालिकाका रूपमा रहनुपर्छ। केही नयाँ कार्यक्रम नयाँ क्षेत्र ल्याउनुपर्छ भन्ने हाम्रो विगतदेखि कै माग हो। त्यो मागलाई सम्बोधन गरेको भन्ने हामीले अनुभूति गरेका छौँ। त्यसैले यो कार्यक्रमले एउटा राम्रो सन्देश दिएको छ। काठमाडौं महानगरले थालनी गरेपछि अरु देशका सबै पालिकालाई यसले सहयोग पुर्याउँछ जस्तो लागेको छ।

बजेट व्यवस्थापनको कुरा
बजेटको कुरामा अहिले धेरै समस्या परेको अनुभूति गरेका छैनौँ। काठमाडौं महानगरले आफैले एउटा प्रक्रिया पुरा गरेर अगाडि बढेको छ। त्यसलाई हामीले व्यवस्थापन मात्र गरेका हौं। अहिलेको अवस्थामा सबै कुरा काठमाडौं महानगरपालिकाले बेहोर्ने भएको कारणले हामीले बजेटको बारेमा अप्ठ्यारो महसुस गर्नु परेको छैन। तर भोलिका दिनमा विद्यालय आफैले सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भयो भने समस्या अनुकूल बजेट आउँछ। त्यो समयमा समस्या हुनसमेत सक्छ। यो विषयलाई समयमै ख्याल गर्नुपर्ने देखिन्छ। अहिले तत्कालको अवस्थामा बजेटको कुरामा अप्ठ्यारो पर्ने हामीले देखेका छैनौँ।

आर्थिक वर्षमा रूपमा विशेषगरी दुई महिना समय करिब पुरा भएको छ। त्यसमा पनि ९० घण्टाको कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। हामीले चार घण्टासम्म कक्षामा विद्यार्थी राखेर पढाएका छौं। त्यसो गर्दा विद्यार्थीबाट असहज भयो भन्ने गुनासो त आएको छ। त्यसलाई हामीले अर्को वर्षबाट सहज बनाउने तयारी गरेका छौं।

सामुदायिक विद्यालयमा आकर्षण
काठमाडौं महानगरपालिकाले यो शिक्षामा सीप र पढ्दै कमाउँदै भन्ने संघीय सरकारले ल्याएको कार्यक्रमलाई साथ दिएको हो। त्यसलाई पनि सहयोग हुनेगरी यो कार्यक्रम अगाडि बढेको छ। यसले गर्दा सामुदायिक विद्यालय प्रतिको आकर्षण बढेको छ। अभिभावकले भोलि केही गर्न नसके पनि सीप सिकेर केही गरेर त खानसक्छ भन्ने वातावरण बनेको छ। त्यसकारण सामुदायिक विद्यालयप्रति आकर्षण बढेको छ। त्यसैले यो कार्यक्रमप्रति हामी उत्साहित छौँ। यसरी नै अगाडि बढोस् भन्ने चाहन्छु। (दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब र रेडियो क्यान्डिडले आयोजना गरेको ‘शिक्षामा सीप कार्यक्रमको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा पद्यमोदय माविका प्रधानाध्यापक नारायण गौतमले राखेको धारणाको सम्पादित अंश)

 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १ : ०४ बजे

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि