रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु « Khabarhub

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोरा रहेका छन्। दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको सदरमुकाम खलंगा जान लागेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटनामा परेको हो।

जिपमा १४ जना सवार रहेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १० : १७ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी