गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ? « Khabarhub

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१औँ जन्मदिन मनाउँदैछन्। करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ।

धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन्। करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन्। तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुचि छैन।

‘मलाई संगीत मनपर्छ। मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ। यिनीहरूका लागि म माफी माग्दिनँ। मलाई मानिसहरूले तपाईँ वास्तविक मुद्दामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाएँ। मलाई सबै कुरा गर्न मजा लाग्छ। तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरू प्रेममा रमाउँदै संसार घुमुन्’, उनले भनेका छन्।

करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन्। ‘म गम्भीर हुन चाहन्नँ। म मजेदार र शानदार फिल्म बनाउन चाहन्छु’, उनी भन्छन्। रणवीर सिंह र आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ २८ जुलाईमा रिलिज हुँदैछ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १२ : २८ बजे

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि