नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र हुँदैन : गृहमन्त्री « Khabarhub

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र हुँदैन : गृहमन्त्री


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र नभएको स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा एमाले निकट राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै श्रेष्ठले प्रहरीलाई राजनीतिक लगायत कुनैपनि दवाव वा प्रभावमा मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै षड्यन्त्र नभएको स्पष्ट पारेका हुन् । 

यस प्रकरणमा आशंकका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमाथि आँच आउने काम गर्न नहुने र कोही दोषीले छुट्कारा पाउन नहुने उनले बताए । उनले यस प्रकरणमा थुप्रै व्यक्तिहरूको नाम आएको र एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी रहेको जानकारी दिए । 

प्रहरीले आफ्नो अनुसन्धान बयान मात्रै नभइ तथ्यप्रमाणका आधारमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । श्रेष्ठले यस प्रकरण सामान्य भ्रष्टाचारको विषयमात्रै नभए राज्य विरुद्धको अपराध भएकाले त्यही ढंगले अघि बढ्नुपर्ने जिकिर गरे ।

युवा संघले मानव तस्करीको समग्र पक्षमा नगई अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ भएको काम कारवाहीको छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संगठनले अभियुक्तहरूको बयानलाई लिएर एमालेका नेताहरू र अख्तियारका प्रमुख आयुक्तलाई समेत आरोप लगाउने, बदनाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारवाही गर्ने गराउने र राजनीतिक प्रतिशोध लिने तहसम्मको षड्यन्त्र भएको महसुस भएको जनाएको छ । 

उनीहरूले यस प्रकरणमा राजनीतिक रंग नदिन समेत माग गरेका छन् । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  २ : ०४ बजे

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई