ईसीबी प्रमुखद्वारा मुद्रास्फीति कम गर्ने प्रतिबद्धता « Khabarhub

ईसीबी प्रमुखद्वारा मुद्रास्फीति कम गर्ने प्रतिबद्धता


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

फ्रयाङ्कफर्ट– युरोपेली केन्द्रीय बैंक (ईसीबी) का अध्यक्षले युरो क्षेत्रमा बढ्दो मुद्रास्फीतिलाई दुई प्रतिशतको लक्ष्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

ईसीबीको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार फ्रयाङ्कफर्टमा आयोजित एक कार्यक्रममा क्रिस्टिन लेगार्डले भनिन्, ‘यो बैङ्कका लागि ‘तात्कालिक प्रमुख प्राथमिकता’ हो ।’

आफ्नो भाषणमा लेगार्डले युरोको प्रशंसा गर्दै यसलाई युरोपको ‘एकीकरणको इन्जिन’ को रूपमा वर्णन गरेकी थिइन् ।

सन् १९८० को दशकको उत्तरार्धबाट आएको परिवर्तनको ‘तार्किक जवाफ’ एकल मुद्रा भएको बताउँदै उनले युरो क्षेत्र ११ बाट २० सदस्यसम्म विस्तार गरिएको बताए । ‘युरोले युरोपेलीहरूलाई स्थिरता, सार्वभौमिकता र ऐक्यबद्धता प्रदान गरेको छ ।’

ईयूमा कर्जा सङ्कट आउँदा र ब्रेक्जिटको समयमा एकल मुद्राको परीक्षण गरिएको भए तापनि लेगार्डले भनिन् मानिसहरू अब संस्थाहरूलाई नीतिहरूबाट अलग गर्न सक्षम भएका छन् ।

‘उनीहरूले ईसीबीको नीति मन पराउन वा नपराउन सक्छन्, तर उनीहरू प्रायः यूरो क्षेत्रको भाग हुनु सही छनौट हो कि होइन भनेर प्रश्न गर्दैनन्,’ उनले भनिन् ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ५ : ३१ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति