पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न « Khabarhub

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो ।

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एक लाख २५ हजार शिवलिङ्ग बनाएर पूजाआजा गरिएको थियो । बनारसबाट आएका दुईजना पण्डितहरूसहित अन्य सातजना स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन गरिएको संस्थाका अध्यक्ष ललन ठाकुरले जनाए ।

पार्थिव शिवलिङ्ग पूजामा नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले सहभागिता जनाएका थिए । उनले संस्थाले विगतदेखि गरेका कामको प्रशंसा गर्दै काठमाडौँसम्म आएर पूजापाठ, तथा हवन गरेकामा खुसी जनाए । लामो समयदेखि संस्थामा ठूलो योगदान पुर्याएका राजेन्द्र झा, नवराज घिमिरे, उदयकान्त झा, हर्षित मिश्र र द्रवेश ठाकुरलाई सांसद निधिले सम्मान गरेका थिए ।

संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकै दिन १० हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको थियो । आगामी दिनमा सोही किसिमको पूजा काठमाडौँमा पनि गर्ने योजना रहेको अध्यक्ष ठाकुरले जानकारी दिए ।

बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिर, डोलेश्वर, जलेश्वर, छिरेश्वर, सत्तोखर, इटहरवा महादेव मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहितका धार्मिक नगरीमा यस किसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ८ : १९ बजे

मिराज ढुंगाना नेतृत्वको समूहलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका मिराज

डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

एमाले कैलालीमा बदमासी, नवीकरण भइसकेको सदस्यता पनि गायब बनाइयो

काठमाडौं- नेकपा एमालेले मंसिर २७ गते हुन लागेको एघारौँ महाधिवेशनका

जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका

कफिनमै जीवित भेटिइन् थाइ महिला

बैंकक– दाहसंस्कारका लागि ल्याइएकी एक थाइ महिला अचानक कफिनभित्र हलचल