चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता « Khabarhub

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ ।

आज रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो । पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो ।

“उहाँ पार्टीसँग केही समयअघि देखि नै भेटघाट गर्न इच्छुक हुनुहुन्थ्यो । आजको भेटको खास एजेण्डा केही थिएन, शिष्टाचार भेटवार्ता भएको हो”, पार्टीका केन्द्रीय सदस्य रावलले भने ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ९ : ३८ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार