बालबालिकामा लाग्ने क्यान्सर र यसको उपचार | Khabarhub Khabarhub

बालबालिकामा लाग्ने क्यान्सर र यसको उपचार


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा क्यान्सर भनेको उमेर पुगेका मानिसलाई लाग्ने रोग भनेर बुझिन्थ्यो। तर, पछिल्लो समय साना बालबालिकालाई पनि क्यान्सर रोग लाग्ने गरेको पाइएको छ। बालबालिकामा देखिने क्यान्सर कस्तो हो ? उपचारपछि निको हुन्छ कि हुँदैन ? बालबालिकामा क्यान्सर भएको कसरी थाहा पाउने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि कान्ति बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा.सुधीर सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश:

बालबालिकामा हुने क्यान्सरलाई हामीले कसरी बुझ्ने ?
बालबालिकामा हुने क्यान्सरलाई रोकथाम गर्न सकिन्न। सुरुवातमा नै पहिचान गरेर रोकथाम गर्नु नै यसबाट बच्ने मुख्य उपाय हो। नेपालमा ५० प्रतिशतको हाराहारीमा ब्लड क्यान्सर बालबालिकामा हुने गरेको छ। त्यसपछि आँखाको र मिर्गौलाको क्यान्सर हुने गरेको छ। क्यान्सर लाग्नु भनेको शरीरमा आवश्यक भन्दा बढी मात्रामा कोषको वृद्धि हुनु हो। जसले गर्दा ती कोशिकाले शरीरमा राम्रोसँग काम गर्न सक्दैनन्। त्यसले नजिकका कोष र शरीरलाई असर गर्छ। कतिपय अवस्थामा निकै जटिल भएर मानिसको ज्यान नै जानसक्छ।

बालबालिकामा क्यान्सर किन हुन्छ ?
बालबालिकामा क्यान्सर हुने कारण अहिलेसम्म पत्ता लागेको छैन। तर अपतालमा जाँच गराएर पत्ता लागेका अधिकांश क्यान्सर डिएनएमा थुप्रै किसिमका ड्यामेज हुन्छन्। ती ड्यामेज थुप्रिँदै जाँदा बालबालिकामा क्यान्सरको रूपमा परिणत हुन्छ। सम्भवत बच्चा भ्रुण अवस्थामा नै रहँदा बाहिरी वातावरणको प्रदूषण, आमाको खानपिनको कारणले वा वंशाणुगत कारणले पनि क्यान्सर हुन्छ।

सबै भन्दा बढी बालबालिकामा हुने क्यान्सर कस्तो हो ?
नेपालका बालबालिकामा विभिन्न थरीका क्यान्सर देखिएका छन्। नेपालमा सबैभन्दा बढी बालबालिकामा देखिने क्यान्सरमा ल्युकेमिया (ब्लड क्यान्सर) सबै क्यान्सर मध्ये ४० देखि ४५ प्रतिशत छ। त्यसपछि अर्को आँखाको क्यान्सर हो। जसलाई हामी रेटिनोब्लास्टोमा भन्छौँ। लिम्फोमा (ग्रन्थीमा हुने एक किसिमको क्यान्सर) अन्य (किड्नी, स्नायुतन्तु, मांसपेशी तथा हड्डीमा हुने क्यान्सर) र न्यूरोब्लास्टोमा तथा मस्तिष्कमा हुने ब्रेन ट्युमर भनिन्छ।

अभिभावकले बालबालिकामा रक्त क्यान्सर भएको भनेर कसरी थाहा पाउने ?
सुरुमा बच्चामा लामो समयसम्म ज्वरो आइराख्ने हुन्छ। बालबालिकाको तौल कम हुँदै जान्छ। शरीरमा गिर्खाहरू आइराख्ने, पेट फुल्ने फोक्सो फुल्ने कलेजो सुनिने, जोर्नी दुख्नु आँखामा सेतो फुलोजस्तो समस्या देखा पर्नु र बच्चामा रगतको कमी हुने वा कतैबाट रगत बग्ने शरीरमा निल डाम देखिने हुन्छ। त्यो देखिएमा ‘ब्लड क्यान्सर’ भएको हुनसक्छ। कुनै बच्चामा यस्ता लक्षण देखिएका छन् भने तुरुन्त अस्पतालमा लगेर जाँच गराउनुपर्छ। कतिपय अभिभावकले अस्पतालमा यो त क्यान्सरको लक्षण हो भन्ने थाहा भयो भने यो अब निको हुँदैन भनेर उपचार गर्नुहुन्न। तर सम्बन्धित डाक्टरसँग परामर्श लिएर उपचार गर्दा समयमा नै धेरै बच्चाको क्यान्सरका रोग निको हुन्छ।

बालबालिकाको क्यान्सरको उपचारको अवधि कति हुन्छ ?
सबै क्यान्सरको प्रकार हेरेर त्यसको उपचार अवधि हुन्छ। सबै भन्दा बढी हुनेरक्त क्यान्सरको ६ महिना जति इन्टर्नसिप केयर जुन त्यो उपचार गराउन काठमाडौंमा अस्पतालमा नै बसेर गर्नुपर्दछ र पछि घरैमा बसेर औषधि खाएर तीन तीन महिनामा फलोअप गर्न आउँदा हुन्छ। अरूमा एक वर्षदेखि दुई वर्ष लाग्नसक्छ। तर त्यसमा उपचार सकिएपछि पनि कम्तीमा पाँच वर्ष रेगुलर फलोअपमा रहनुपर्दछ। अब क्यान्सर बल्झिँदैन भन्न सकिन्छ। पूर्ण रूपमा निको भयो भनेर भन्न सकिन्छ।

बालबालिकाको क्यान्सरका लागि सरकारले कस्तो सहयोग गरेको छ ?
बालबालिकाको लागि सरकारी तवरबाट अन्य क्यान्सरका बिरामीलाई जस्तै एक लाख दिने गरिएको छ। बच्चालाई कान्ति बाल अस्पतालमा उपलब्ध रहेका जाँच सिटी स्क्यान एक्स-रे, भिडियो एक्स-रे जस्ता महंगा जाँच निःशुल्क छन्। सर्जरी पनि निःशुल्क रहेको छ।

क्यान्सर भएर निको भएका बालबालिकाले के के कुरामा ध्यान दिनुपर्दछ ?
औषधिको कारणले हड्डीमा समस्या आउनसक्छ। त्यसैले नियमित फ्लोअप गर्नु पर्दछ। यो रोगको उपचार गर्दा निको हुन्छ भन्ने जनचेतना जगाउनु पर्दछ। उपचार पश्चात् नर्मल जीवन यापन गर्नसक्नु हुन्छ।

क्यान्सर लाग्नै नदिन पहिला नै के गर्नुपर्छ ?
– खानपान र जीवन शैलीमा आएको परिवर्तनले नै क्यान्सर हुनसक्छ र कतिपय वंशाणुगत रूपमा पनि जानसक्छ। त्यसैले बाबुआमामा आफ्नो बच्चामा यो समस्या छ भने नियमित चेक जाँच गराउनु पर्दछ। कुनै पनि क्यान्सरसँग मिल्ने लक्षण देखिए भने क्यान्सर नै हुनसक्छ भनेर आतिनु पर्ने अवस्था छैन। यो मध्ये थोरैलाई क्यान्सर हुनसक्छ। त्यसैले समयमा नै अस्पताल गएर उपचार गर्नुपर्दछ।
– आमाले पनि आफ्नो स्वास्थ्य पूर्ण रूपमा परीक्षण गराएर मात्रै गर्भको निम्ति तयार रहने गर्दा बच्चामा क्यान्सरको समस्या कम हुन्छ।
– गर्भवतीको समयमा मद्यपान तथा मदिरा सेवनबाट टाढै रहनुपर्छ।
– आफ्ना अघिल्लो पुस्ता वा सन्तानमा क्यान्सर देखिएको छ भने आफू तथा शिशुमा क्यान्सरका लक्षण छ वा छैन भनेर परीक्षण गराउनुपर्छ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ०५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य