बेलारुसका राष्ट्रपतिको मध्यस्थतामा वाग्नर ग्रुपको विद्रोह रोकियो « Khabarhub

बेलारुसका राष्ट्रपतिको मध्यस्थतामा वाग्नर ग्रुपको विद्रोह रोकियो


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

मस्को– वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो पदयात्रा रोकेका छन् । रुसी २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर सेनाका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन् ।

अलेक्जेन्डरले मस्कोतर्फ जान रोक्न गरेको प्रस्ताव वाग्नर सेन प्रमुख प्रिगोजिनले स्वीकार गरेका हुन् । उनले अडियो सन्देश जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

रोयटर्सका अनुसार वाग्नर सेनाका प्रमुखले अडियो सन्देशमा भनेका छन्– उनीहरु (रुसी सरकार) वाग्नर मिलिटरी कम्पनीलाई खारेज गर्न चाहन्छन् । हामीले २३ जुनमा न्यायको लागि मार्च सुरु गर्‍यौँ। २४ घण्टामा हामी मस्को सीमाबाट २०० किलोमिटर टाढा थियौं। यस अवधिमा हामीले हाम्रा सैनिकहरूको रगतको एक थोपा पनि बगाउन परेन ।

समाचार अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले रुसी सैन्य विद्रोहमा सामेल वाग्नर सेनालाई कारबाही नगर्ने बताए ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार शनिबार राति दक्षिणी रूसी शहर रोस्तोभमा सडकहरू फेरि खोलिएका छन् । वाग्नरका लडाकुहरूले रोस्तोभको सैन्य मुख्यालय खाली गरेका छन्, जुन वाग्नरको सेनाले यसलाई कब्जा गरेको थियो।

एपीएन न्यूजका अनुसार वाग्नरका सेना प्रमुखले आफ्ना लडाकुहरूलाई युक्रेनमा रहेको फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएका छन्। ‘बेलारुसका राष्ट्रपतिसँग कुरा गरेपछि हामीले हाम्रा लडाकुहरूलाई फिर्ता लिने निर्णय गर्‍यौँ,’ उनीले भने ।

यसैबीच, वाग्नरको सेना राजधानीतर्फ अघि बढे पछि मस्कोले आफ्नो दक्षिणी भागमा सशस्त्र गाडीहरू र रूसी सेनाहरू सहित चौकीहरू निर्माण गरेको थियो। रेड स्क्वायरमा घेराबन्दी गरिएको थियो।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ४० बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा