बेलारुसका राष्ट्रपतिको मध्यस्थतामा वाग्नर ग्रुपको विद्रोह रोकियो « Khabarhub

बेलारुसका राष्ट्रपतिको मध्यस्थतामा वाग्नर ग्रुपको विद्रोह रोकियो


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

मस्को– वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो पदयात्रा रोकेका छन् । रुसी २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर सेनाका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन् ।

अलेक्जेन्डरले मस्कोतर्फ जान रोक्न गरेको प्रस्ताव वाग्नर सेन प्रमुख प्रिगोजिनले स्वीकार गरेका हुन् । उनले अडियो सन्देश जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

रोयटर्सका अनुसार वाग्नर सेनाका प्रमुखले अडियो सन्देशमा भनेका छन्– उनीहरु (रुसी सरकार) वाग्नर मिलिटरी कम्पनीलाई खारेज गर्न चाहन्छन् । हामीले २३ जुनमा न्यायको लागि मार्च सुरु गर्‍यौँ। २४ घण्टामा हामी मस्को सीमाबाट २०० किलोमिटर टाढा थियौं। यस अवधिमा हामीले हाम्रा सैनिकहरूको रगतको एक थोपा पनि बगाउन परेन ।

समाचार अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले रुसी सैन्य विद्रोहमा सामेल वाग्नर सेनालाई कारबाही नगर्ने बताए ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार शनिबार राति दक्षिणी रूसी शहर रोस्तोभमा सडकहरू फेरि खोलिएका छन् । वाग्नरका लडाकुहरूले रोस्तोभको सैन्य मुख्यालय खाली गरेका छन्, जुन वाग्नरको सेनाले यसलाई कब्जा गरेको थियो।

एपीएन न्यूजका अनुसार वाग्नरका सेना प्रमुखले आफ्ना लडाकुहरूलाई युक्रेनमा रहेको फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएका छन्। ‘बेलारुसका राष्ट्रपतिसँग कुरा गरेपछि हामीले हाम्रा लडाकुहरूलाई फिर्ता लिने निर्णय गर्‍यौँ,’ उनीले भने ।

यसैबीच, वाग्नरको सेना राजधानीतर्फ अघि बढे पछि मस्कोले आफ्नो दक्षिणी भागमा सशस्त्र गाडीहरू र रूसी सेनाहरू सहित चौकीहरू निर्माण गरेको थियो। रेड स्क्वायरमा घेराबन्दी गरिएको थियो।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ४० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको