देश/प्रदेश

जन्मसिद्ध नागरिकका सन्तानलाई आजदेखि नागरिकता दिइने

By खबरहब

June 25, 2023

काठमाडौँ : जिल्ला प्रशासन कार्यालयहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता वितरण सुरु गर्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै प्रमाणित नागरिकता विधेयकलाई सर्वोच्च अदालतले सदर गरे पछि आजबाट नागरिकता वितरण हुन लागेको हो । 

नागरिकता वितरणका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको जनाइएको छ ।