कतार दूतावासको काम र सेवाग्राहीको प्रतिक्रिया | Khabarhub Khabarhub

कतार दूतावासको काम र सेवाग्राहीको प्रतिक्रिया



दोहा – बिहिबार एक जना सेवाग्राही दोहास्थित नेपाली दूतावासमा पुगे र बाहिर गेटबाटै टोकल लिएर कन्सुलर शाखामा गएर त्यहाँ आफ्नो सम्बन्ध बिच्छेदको लागि अधिकृत वारेसनामा गर्ने निवेदन पेश गरे।

कन्सुलर शाखाले निवेदन हेरेर दस्तुर तिर्न तोक लगाएपछि ती सेवाग्राहीलाई भनियो, दस्तुर तिरेर पुनः कन्सुलर शाखमा आउनुहोला। ती सेवाग्राही दस्तुर तिरेर कन्सुलर शाखामा गएर आफ्नो पेपर लिएर शाखाले भन्यो, कोठा नम्बर २०१ मा गएर राजदूतलाई साइन गराएर यहाँ आउनु अनलाइन गर्नुपर्छ।

सेवाग्राही २०१ कोठामा पुग्दा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकाल भेटिएन्न। एकछिन त्यहाँ बसेपछि थाहा भयो राजदूत केही कामले त्यो दिन बाहिरगएका रहेछन्। सचिवालयबाट राजजदूत करिव साढे १ बजेपछि मात्र आउनु हुन्छ।

ती सेवाग्राही त्यहिँ कुरेर बसे। नभन्दै साढे १ बजेको आसपास राजदूत आइपुगे र सेवाग्राहीले एउटा हस्ताक्षरका लागि अनुरोध गरे।

राजदूत ढकालले पनि हुन्छ हुन्छ भन्दै आफ्नो कार्यकक्षमै नपुगी जनताको काम पहिलो हो भनेर सेवाग्राही अधिकृत वारेसनामाको निवेदन चेक गरेर साइन गरे। पछिल्लो समय ढकाल राजदूत बनेर आएपछि दूतावासको सेवा प्रभाकारी ढंगले अघि बढेको पाइन्छ।

दूतावासको कामप्रति सेवाग्राहीको प्रतिक्रिया

कतारको दोहामा रहेको नेपाली दूतावासको काम प्रति सेवाग्राहीले सन्तुष्टी व्यक्त गरेका छन्। विद्युतीय राहदानी बनाउन दूतावास पुगेका नेपाली कामदारले पछिल्लो समय दूतावासले प्रदान गर्ने सेवा सुबिधा सन्तोषजनक रहेको बताएका छन्।

कतारमा रहेका नेपाली नागरिकलाई राहदानी विभागको वेबसाइटबाट इलेक्ट्रोनिक रूपमा ई–पासपोर्टका लागि प्रि–इनोल्मेन्ट फारम भरेपछि तोकिएको मितिमा मात्र प्रत्यक्ष नामांकनका लागि सम्बन्धित कागजात सहित दूतावास पुग्नुपर्ने हुन्छ।

हरेक दिन दूतावासले सयौंको संख्यामा राहदानी बनाउन पुगेका नेपालीहरुको आवेदन लिने र सरल तथा सहज तरिकाबाट लाईभ इनरोलमेन्ट काम गरिरहेको जनाएको छ। केही सेवाग्राहीहरुले भने काम सरल तथा सहज तरिकाले भएता पनि बस्ने हाल अलिक सानो भएको कारण समस्या भएको बताएका छन्।

फोटो राजदूतावासमै खिच्ने हुँदा फोटो ल्याउनु नपर्ने (कतारमा जन्मेको बालबालिकाको हकमा भने फोटो चाहिने)। फोटो खिच्ने प्रयोजनका लागि कान र घाँटीमा पहिरिएका गहनाहरु हटाएर जानुपर्ने हुन्छ।

ई-पासपोर्टको आवेदनका लागि प्रि-इनरोलमेन्ट फाराम भरिसकेपछि दूतावासमा लाइभ प्रि-इनरोलमेन्टका लागि आँउदा फाराममा तोकिएको मिति र समयमा मात्र पुग्नुपर्ने हुन्छ।

राहदानीको बहाल अवधि १ वर्षभन्दा कम रहेकाले ई-पासपोर्ट आवेदन गर्न सक्ने दूतावासले जनाएको छ। कतारमा विभिन्न क्षेत्रमा तीन लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन्। ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन्।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ४५ बजे

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर