आज तरकारी तथा फलफूलको मूल्य कति ? | Khabarhub Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । 

मूल्यसूचीअनुसार मटरकोसा प्रतिकेजी न्यूनतम मूल्य १८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५, घिउ सिमी राजमा ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ८, लौका ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, ब्रोकाउली ९०, कागती १५० रुपैयाँ, तोरीको साग ३०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ८०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

समितिका अनुसार खुर्सानी सुकेको ४५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, हरियो धनियाँ ९०, लसुन १५०, चाइनिज लसुन २००, छ्यापी सुकेको १२०, रहु माछा ३१५, ताजा माछा (मुङ्ग्री) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप प्रतिकेजी ७०, केरा दर्जन १२०, अनार प्रतिकिलो ४०० रुपैयाँ, किवी ७०० रुपैयाँ, अंगुर कालो ५५०, लोकल लिच्ची १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ५६ बजे

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आज नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई

बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ – प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने

रुसी राष्ट्रपति पुटिनले साउदी र युएईको भ्रमण गर्दै

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड