सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता | Khabarhub Khabarhub

सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा ८४ हजार ९१० पुगेको छ ।

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको हो।

बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।

यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दो क्रममा छ । यो सङ्ख्या एक दशकमा झन्डै दोब्बर भएको छ।

तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौँतारिएपछि हराएको उल्लेख गरिएको थियो।

स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : ३४ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा साेमबार सुन र चाँदीको मूल्य घटेको छ

१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी

कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

सुर्खेत– बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको

इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमा र फिओरेन्टिनाले बराबरी खेलेका

फलाम खानी उत्खननका लागि फेरि अध्ययन गरिँदै

रुकुम पूर्व– रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन फेरि थालिएको