लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ « Khabarhub

लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कालिकोट नरहरी गाउँपालिका-९ बस्ने पीडितको नगद १ लाख ४७ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-८ बस्ने ३९ वर्षीय बसन्त दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाई पीडितको साथबाट उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका बसन्तको खोजी गर्ने क्रममा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका-२ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : ०१ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु