विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज असार १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अफगानिस्तानमा २१ अपराधी पक्राउ

अफगानिस्तानको प्रहरीले शनिबार मुलुकका छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका हत्या, डकैती, किर्ते, चोरी, लागुऔषध ओसारपसार र देशमा शान्ति सुरक्षा खलबल पार्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको जनाएको छ ।

यस्तै कारबाहीमा प्रहरीले गत हप्ता कुन्दुज, बल्ख, तखार, हेरात, समङ्गन, काबुल र कान्दाहार प्रान्तमा ८० जना अपराधीलाई पक्राउ गरेको थियो ।

अफगानिस्तानको सरकारले देशमा शान्ति र सुव्यवस्था सुनिश्चित गर्नका लागि आपराधिक तत्वमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मे महिनामा चिनियाँ मुद्राको विश्वव्यापी भुक्तानी शेयर बढ्यो

चिनियाँ मुद्रा रेन्मिन्बी (आरएमबी) अर्थात युआनले यस वर्षको मे महिनामा विश्वव्यापी भुक्तानीमा आफ्नो हिस्सा बढाएको छ । आरएमबीको विश्वव्यापी शेयर अप्रिलमा २.२९ प्रतिशतबाट बढेर गत महिना २.५४ प्रतिशत पुगेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन वित्तीय सन्देश सेवाको विश्वव्यापी प्रदायक कम्पनीले जनाएको छ ।

आरएमबी सबैभन्दा सक्रिय मुद्राको सूचीको पाचौँ स्थानमा छ । यसको भुक्तानी मूल्य एक महिना अघिको तुलनामा २०.३८ प्रतिशतले बढेको छ । युरोजोन बाहेक अन्तरराष्ट्रिय भुक्तानीको सन्दर्भमा आरएमबी १.५१ प्रतिशतको शेयरका साथ छैठौँ स्थानमा छ ।

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र अपतटीय आएमबी लेनदेनको लागि सबैभन्दा ठूलो बजार हो जसले ७३.४८ प्रतिशत ओगटेको छ भने बेलाइत र सिङ्गापुरमा क्रमशः ५.१७ प्रतिशत ३.८४ प्रतिशत छ ।

सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता

जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा ८४ हजार ९१० पुगेको छ ।

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको हो।

बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।

यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दो क्रममा छ । यो सङ्ख्या एक दशकमा झन्डै दोब्बर भएको छ।

तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौँतारिएपछि हराएको उल्लेख गरिएको थियो।

स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।

जब डाक्टरले काटिएको हात खुट्टामा जोडिदिए…

डाक्टरलाई भगवानको दर्जा दिने गरिएको छ, किनभने बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् । तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् ।

चीनमा यस्तै चमत्कार भएको छ, जहाँ चिकित्सकको टोलीले बिरामीको काटिएको हात खुट्टामा जोडेर एक महिनासम्म जीवित राखेका छन् । हालै मोरबिड नलेज नामक ट्वीटर पोस्ट मार्फत डाक्टरहरूको यो अद्भूत प्रयासको बारेमा थाहा पाएपछि मानिसहरू छक्क परेका छन्।

यस ट्वीटमा चिनियाँ डाक्टरहरूले बिरामीको काटिएको हातलाई कसरी जीवित राख्न बिरामीको खुट्टामा टाँसेर राखेको बताइएको छ।

चिनियाँ कारखानाका एक कामदारको देब्रे हात मेसिनले काटेको थियो । त्यसपछि डाक्टरहरूले बायाँ हातलाई बिरामीको खुट्टामा सिलाए । जसमा हातलाई खुट्टाको धमनीबाट रगत आपूर्ति हुन्छ र हात जीवित रहन्छ।

खुट्टामा जोडिएको यो हातको तस्वीर सामाजिक सञ्जालमा तिब्र गतिमा भाइरल भइरहेको छ ।

जब एक महिना पछि हात ठीक भयो त्यसपछि डाक्टरहरूले फेरि शल्यक्रिया गरे र बिरामीको काटिएको हात पुनः जोडिदिए । यो शल्यक्रिया सफल भएपछि डाक्टरको निकै प्रशंसा भएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनको हातमा धेरै हलचल भएको र उनी हातलाई धेरै डिग्रीसम्म झुकाउन सक्षम भएको बताइएको छ ।

एक महिनादेखि खुट्टामा टाँसिएका कारण हातको स्नायु प्रक्रिया कम भएकोले बिरामीको हात पूर्ण रूपमा सक्रिय हुन कम्तिमा ६ महिना लाग्ने चिकित्सकहरू बताउँछन् ।

बेलारुसका राष्ट्रपतिको मध्यस्थतामा वाग्नर ग्रुपको विद्रोह रोकियो

वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो पदयात्रा रोकेका छन् । रुसी २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर सेनाका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन् ।

अलेक्जेन्डरले मस्कोतर्फ जान रोक्न गरेको प्रस्ताव वाग्नर सेन प्रमुख प्रिगोजिनले स्वीकार गरेका हुन् । उनले अडियो सन्देश जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

रोयटर्सका अनुसार वाग्नर सेनाका प्रमुखले अडियो सन्देशमा भनेका छन्– उनीहरु (रुसी सरकार) वाग्नर मिलिटरी कम्पनीलाई खारेज गर्न चाहन्छन् । हामीले २३ जुनमा न्यायको लागि मार्च सुरु गर्‍यौँ। २४ घण्टामा हामी मस्को सीमाबाट २०० किलोमिटर टाढा थियौं। यस अवधिमा हामीले हाम्रा सैनिकहरूको रगतको एक थोपा पनि बगाउन परेन ।

समाचार अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले रुसी सैन्य विद्रोहमा सामेल वाग्नर सेनालाई कारबाही नगर्ने बताए ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार शनिबार राति दक्षिणी रूसी शहर रोस्तोभमा सडकहरू फेरि खोलिएका छन् । वाग्नरका लडाकुहरूले रोस्तोभको सैन्य मुख्यालय खाली गरेका छन्, जुन वाग्नरको सेनाले यसलाई कब्जा गरेको थियो।

एपीएन न्यूजका अनुसार वाग्नरका सेना प्रमुखले आफ्ना लडाकुहरूलाई युक्रेनमा रहेको फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएका छन्। ‘बेलारुसका राष्ट्रपतिसँग कुरा गरेपछि हामीले हाम्रा लडाकुहरूलाई फिर्ता लिने निर्णय गर्‍यौँ,’ उनीले भने ।

यसैबीच, वाग्नरको सेना राजधानीतर्फ अघि बढे पछि मस्कोले आफ्नो दक्षिणी भागमा सशस्त्र गाडीहरू र रूसी सेनाहरू सहित चौकीहरू निर्माण गरेको थियो। रेड स्क्वायरमा घेराबन्दी गरिएको थियो।

अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने

ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी शनिबार मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको र भारतमा उपकरण आपूर्तिको क्षेत्रमा अमेजनसँग थप सहकार्यको सम्भाव्यताबारे पनि छलफल भएको जनाएको छ ।

“प्रधानमन्त्री मोदीले भारतमा सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई) को डिजिटाइजेसनलाई बढावा दिने अमेजनको पहलको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

बङ्गलादेशमा माइक्रोबसको सिलिण्डर विस्फोट, सात जनाको मृत्यु

बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारी साधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिण्डर पड्केर आगलागी भएको र सातै जनाको जलेर मृत्यु भएको उनले जानकारी दिए ।स्थानीयवासीले दिएको जानकारीअनुसार दमकल केही समयमा नै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि उनीहरूले यात्रुहरूलाई बचाउन सकेका थिएनन् ।

बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । मुख्यतया राजमार्गको खराब अवस्था, गाडीको उचित मर्मत सम्भारको अभाव, ग्यास सिलिण्डर विस्फोटसँग सम्बन्धित आगलागी, चालकहरूद्वारा ट्राफिक नियमको उल्लङ्घन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बङ्गलादेशमा हरेक बर्ष हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।

बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वका क्रममा अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ वटा सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु हुनुका साथै ५६५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ०७ बजे

बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ – प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने

रुसी राष्ट्रपति पुटिनले साउदी र युएईको भ्रमण गर्दै

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी