भारतको मणिपुरमा स्थानीयको अवरोधपछि १२ लडाकु मुक्त « Khabarhub

भारतको मणिपुरमा स्थानीयको अवरोधपछि १२ लडाकु मुक्त


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको उत्तरपूर्वी राज्य मणिपुरमा एक हजार २ सयभन्दा बढी महिलाको भीडले अवरोध गरेपछि सुरक्षाकर्मीको नियन्त्रणमा रहेका एक दर्जन लडाकुलाई रिहा गरेको भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शनिबार इम्फाल पूर्वको इथम गाउँमा लडाकूहरू फसेका थिए । तर, महिला नेतृत्वको भीडले घेरिएपछि सेनाले हार मान्नुपर्‍यो, जसले सरकारी सेनालाई कारबाही अघि बढाउनबाट रोकेको थियो ।’

‘करिब एक दिनसम्म चलेको गतिरोध नागरिक हताहत हुनबाट जोगिन लडाकुलाई रिहा गर्ने निर्णयपछि अन्त्य भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

गैर–आदिवासी मेइटिस समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा आदिवासी प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि उत्तर पूर्वी राज्यले मे ३ देखि द्वन्द्वको सामना गर्नुपरेको छ ।

जातीय द्वन्द्वमा १०० भन्दा बढीको मृत्यु भएको थियो ४० भन्दा बढी मानिस विस्थापित भएका थिए । राज्यमा हिंसाका क्रममा करिब ३०० जना घाइते भएका छन् भने करिब एक हजार ७०० घर जलेका छन् ।

अधिकारीहरूले राज्यमा भीड जम्मा हुन नदिन कर्फ्यु आदेश जारी गरी इन्टरनेट सेवाहरूमा पूर्ण प्रतिबन्ध लगाउनु परेको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ४४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस