एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण | Khabarhub Khabarhub

एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरका एक व्यक्ति रु ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन् । ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।

उनलाई आज ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर आपराधिक लाभ तथा अनुचित लेनदेन गरेको आरोपमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार नरेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख सापटी दिई वैदेशिक रोजगारको कागज बनाएका थिए । मनोज महर्जनले पटकपटक गरी एक करोड २६ लाख लिएर पनि अझै रकम तिर्न बाँकी भएको बताएपछि साँवाभन्दा बढी लिन नहुने, अनुचित लेनदेन गर्न नहुने कसुरमा किटानी जाहेरी परेको सोही आधारमा ज्ञानेन्द्रलाई पक्राउ गरिएको हो ।

उनको घरमा खानतलासी गर्दा सात करोड २८ लाख ७७ हजारको विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरिएको कार्कीले बताउनुभयो । ती तमसुक केही वडामा समेत प्रमाणित गरेको र केही म्याद नाघेका फेला परेको छ ।

यस्तै एक करोड ३४ लाख उल्लेख भएको ३२ थान विभिन्न बैंकका चेक तथा सहकारीका चेक बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै उनको साथाट ६ थान चेकबुक तथा लालपुर्जासमेत बरामद गरिएको छ । सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : २४ बजे

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ? 

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । लगातार

हिँड्दैछ एमाले सिरुपाते डाँडा काटेर…

काठमाडौं- दलहरू आगामी चुनावलाई लक्षित गरेर मिसन ०८४ अभियानको माहोल

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

बैतडी– नेकपा (एमाले)को ‘‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सुरु

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

काठमाडौँ– अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । बुधबार