विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमण, १३ जनाको मृत्यु « Khabarhub

विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमण, १३ जनाको मृत्यु


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स समूहका प्रमुख रामी अब्देल रहमानले भने, “यो वर्ष सिरियामा भएको सबैभन्दा घातक आक्रमण हो र यो नरसंहार हो ।”

राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने रूसी सेनाले गत हप्ता विद्रोहीले गरेको ड्रोन आक्रमणमा दुई बालबालिकासहित चार सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

पेशाले मजदुर रहेका ३५ वर्षीय साद फातोले एएफपीसँग कुरा गर्दै घाइतेको उद्धारका लागि आफूले सहयोग गरेको बताए ।

“रूसी गोलाबारूदहरू हामीमाथि वर्षा भयो,” आक्रमणको समयमा उनी टमाटर र काँक्रो अनलोड गरिरहेका आफुले गाडीबाट टमाटर र काँक्रो भारिरहेको बताउँदै फातोले भने ।

उनले भने, “यो घटना वर्णन गर्न सकिने दृष्य नै थिएन ।” आँखा अगाडी मृतकहरू, घाइतेहरूलाई देखेपछि आफ्नो काम छोडेर उनीसहित केहीले घाइतेलाई अस्पताल लाने प्रवन्ध गरेको बताए ।

घटनास्थलमा रहेका एएफपीका एक संवाददाताले घटनास्थलबाट कालो धुवाँको मुस्लो उठेको र एम्बुलेन्स, साइरन बजाउँदै घाइतेलाई बजारबाट अस्पताले पु¥याएको देखेका थिए । सिरियाली राष्ट्रपतिलाई लामो समयदेखि विद्रोहीविरूद्धको अभियानमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ३४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा