किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भुसाल | Khabarhub Khabarhub

किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भुसाल


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताएका छन् । नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अङ्क ‘डेरी दर्पण’ को आज विमोचन गर्दै नेपाललाई दुग्ध क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने , “दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको छ र आगामी दिनमा पनि साथ रहने कुरा प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।” मन्त्री भुसालले कृषि क्षेत्र र कृषकले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने बताए । कृषकले भोग्दै आएको बीउ, मल र बजार भाउको जतिसक्दो चाँडो समाधान गर्ने उनको भनाइ थियो । सङ्घले मोही, दूध तथा दुग्ध पदार्थसहित दहीचिउरा खुवाउने कार्यक्रमसमेत गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत वस्तुगत सङ्घका उपाध्यक्ष एवं कार्यकारिणी सदस्यहरुलाई क्रमशः सम्मान गर्ने क्रममा उपाध्यक्ष हेमराज ढकाल, कार्यकारिणी सदस्यहरुमा अरनिको राजभण्डारी, भक्त हमाल, हरिबहादुर कार्की, कमला श्रेष्ठ र लिलेन्द्रप्रसाद प्रधानलगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ०५ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको