रचनात्मक काम गर्न जनप्रतिनिधिलाई माधव नेपालको सुझाव « Khabarhub

रचनात्मक काम गर्न जनप्रतिनिधिलाई माधव नेपालको सुझाव


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । गौर नगरपालिकाको १२औँ नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिलाई रचनात्मक काम गर्न सुझाव दिए।

रौतहट क्षेत्र नं १ का सांसदसमेत रहेका नेता नेपालले राम्रो काम गर्ने नगरपालिका, गाउँ पालिकालाई थप विकास रकम उपलब्ध गराउन नेपाल सरकारसँग माग गरे । उनले नगरपालिकाका गरिब घरपरिवारलाई पहिचान र परिचयपत्र प्रदान गरी रोजगारीको अवसर प्रदान गर्न गौर नगरप्रमुखसँग आग्रह गरे । रौतहट जिल्लामै ठूलो समस्याका रुपमा देखिएको मिटरब्याजी पीडितको पक्षमा स्थानीय प्रशासनलाई छिटोछरितो ढङ्गले काम गर्न अध्यक्ष नेपालले आह्वान गरे ।

गौर नगरप्रमुख शम्भु साहले नगर अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नगरपालिकाका नगर उपप्रमुखका तर्फबाट नगर प्रवक्ता अर्जुन सिंहले आर्थिक वर्ष २०८०र८१ का लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ४३ बजे

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान