चाउरीपन हटाउने ‘बोटक्स’ सुई: कसरी हुन्छ उपचार ? « Khabarhub

चाउरीपन हटाउने ‘बोटक्स’ सुई: कसरी हुन्छ उपचार ?


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय चाउरीपना सबैको समस्या बन्दै गएको छ। मानिस आफूमा आएको चाउरीपनालाई मन पराउँदैनन्। बुढ्यौली उमेर भए पनि आफूलाई सधैँ जवान देखिरहन चाउरीपनको समाधान खोजिरहेका हुन्छन्। चाउरीपनाको लागि विश्वभरको स्टान्डर्डर रूपमा उपचार गरिने भनेको बोटक्स विधि हो। अहिलेको समयमा सानै उमेरमा छाला चाउरी परेको हुन्छ। छाला तन्काउन वा चाउरिपना हटाउन बोटक्सको प्रयोग गर्ने गरिन्छ। छोटो समयमा रिजल्ट देखाउने भएकाले पनि यसको प्रयोग बढिरहेको छ। त्यसैले यो कुन उमेर समूहमा बढी प्रयोग गरिन्छ ? कति समयमा कति पटक गर्ने ? कस्तो र कहाँकहाँ बोटक्सले काम गर्छ ? बोटक्स लगाइसकेपछि के–के कुरामा ध्यान दिनुपर्छ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि सौन्दर्य रोग विशेषज्ञ डा. सीमा सिटौलासँग गरिएको कुराकानीको सम्पादित अंश:

यो बोटक्स भनेको कस्तो उपचार विधि हो ?
बोटक्स भनेको एक प्रकारको सुई हो। यसले अनुहारमा भएका रेखाहरू ल्याउने मांसपेशीलाई आराम दिने काम गर्छ। यसको प्रयोग कस्मेटिक रूपमा मात्र नभएर उपचारको रूपमा पनि गरिन्छ। डेढो आँखालाई सिधा गर्न, क्रोनिक माइग्रेनमा नशा रोग विशेषज्ञले पनि यसको प्रयोग गर्ने गर्छन्। यसले मासु तन्केर लाइन बसेको छ भने त्यो मासुलाई रिल्याक्स गर्छ। बोटक्स गरेपछि लाइन, रिंकल हराएर जान्छन्। बोटक्स किटाणुबाट निस्किएको टक्सिन हो। यो एकदमै सुरक्षित छ। ।

बोटक्स विषेशगरी कुन उमेर समूहमा बढी प्रयोग गरिन्छ ?
जब आँखामुनी फाइन लाइन देखिन सुरु हुन्छ, त्यो समय बोटक्स गर्नको लागी बेस्ट टाइम हो। कसैको २५ वर्षबाट नै पनि सुरु हुन्छ र कसैलाई ३० वर्षपछि मात्रै पनि देखिने गर्छ। आँखा मुनि फाइन लाइन देखिन लाग्यो भने बोटक्स गर्ने बेला भयो भनेर ड्रमाटोलोजिष्टलाई भेट्दा उपयुक्त हुन्छ। फाइन लाइन सुरु हुने बित्तिकै बोटक्स गरियो भने रिजल्ट राम्रो हुन्छ। यो उमेरकोले गर्दा पनि हुन्छ।

बोटक्स कसरी लगाइन्छ ?
बोटक्स गर्दा सबै भन्दा पहिला अनुहारलाई राम्ररी सफा गरिन्छ। त्यसपछि अल्कोहल स्वाबले मुख सफा गरिन्छ। त्यसपछि आइस प्याक लगाइन्छ। अनि चाउरी परेको ठाउँमा सुई लगाई मांसपेशीलाई तन्काइन्छ। जहाँ जहाँ चाउरीपन छ त्यहीँ त्यहीँ सुई लगाइन्छ। यो लगाउँदा त्यति पीडा महसुस पनि हुँदैन जुन एकदमै सानो हुन्छ।

बोटक्स गर्न कति समय लाग्छ त ?
कसैले डाक्टरलाई म आजै गर्छु भनेर आउनुभयो भने १५ मिनेट जति डाक्टरसँग कन्सल्ट गरेर नदुख्ने औषधि दिइन्छ। त्यसपछि बोटक्स गर्न १५ मिनेट लाग्छ। करिब ४५ मिनेटदेखि १ घण्टाको समयमा बोटक्स गर्न सकिन्छ।

बोटक्स गरिसकेपछि छाला बिग्रिन्छ कि ?
बोटक्स गरेपछि छाला बिग्रने कुनै डर हुँदैन किनभने बोटक्स गरेपछि झन् स्किन राम्रो हुँदै जान्छ। एजिङको प्रक्रिया भइरहेको छ भने बन्द गर्दै लैजान्छ।

अनुहार पुरै चाउरी परिसकेको छ भने के गर्न सकिन्छ ?
बोटक्सको युनिट विभिन्न ठाउँमा राख्नुपर्ने हुन्छ। त्यसको लागि डाक्टरकोमा गएर उहाँको सबै एनलाइज गरेर मात्र बोटक्स गरिन्छ। एउटै कुरा सबैमा लागु हुँदैन किनभने कसैको आइब्रोमाथि होला। कसैको लिप लाइन तल होला। मान्छे हेरेर कस्टमाइज ट्रिटमेन्ट गर्ने हो। विभिन्न पोइन्टहरुमा १५ देखि २० वटा इन्जेक्सनमा ५० युनिट कभर हुन्छ। यो इन्जेक्सन पेनलेस हुन्छ।

नेपालमा बोटक्स गर्न कति जति खर्च लाग्ला ?
यो त्यति सस्तो पनि छैन। एक वर्षमा दुई पटक गर्दा करिब २० हजार देखि ५० हजारसम्म खर्च लाग्छ। एक पटक गरेपछि छोड्छु, भोलिका दिनमा गर्दिन भन्ने पनि हुँदैन। आफ्नो बजेट हेरेर गर्नुपर्छ। विषेशगरी बोटक्स कसरी गर्ने भनेर दुई वटा इन्डिकेसन हुन्छ। कसैलाई मेडिकल इन्डिकेसन हुन्छ, कसैको आँखाको नानी झर्न लागेको छ। आँखा फरर्फराइरहन्छ भने त्यस्तो व्यक्तिलाई मेडिकल्ली नै बोटक्स चाहिन्छ। चाउरीपना हटाउन गर्ने हो भने एस्थेटिक इन्डिकेसन भन्छौ।

बोटक्स गर्दा के के कुरामा ध्यान दिने ?
बोटक्सको प्रयोग जथाभाबी गर्नु हुँदैन। सबै मसल्सहरुको अट्याचमेन्ट बुझ्नुपर्छ। फेसको एनाटोमी बुझ्नुपर्छ। कहाँबाट रगतको नली बगेको हुन्छ, थाहा हुनुपर्छ। यो सबै कुरा डाक्टरले धेरै बुझेको हुन्छ। जहाँ पायो त्यहि गर्दा समस्या धेरै आउन सक्छन्। त्यसैले सबै कुरा बुझेर राम्रो डाक्टरको सल्लाहमा गर्नुपर्ने हुन्छ।

बोटक्स लगाउनुको फाइदा के कस्ता छन् त ?
बोटक्सले चाउरीपना मात्रै हटाउँदैन, यसले पसिना आउनलाई पनि कम गर्छ। गर्मीमा पसिना आइरहनेले हत्केला, काखी र पैतलामा बोटक्सको प्रयोग गर्न सक्छन्। त्यस्तै आँखा झिमझिमाउने रोगका लागि पनि यसले काम गर्छ। आँखाको वरिपरि बोटक्स लगाएर यो रोगलाई कम गर्न सकिन्छ। साथै टाउको दुख्ने रोग (माइग्रेन हेडेग)लाई पनि नियन्त्रण गर्न यसले सघाउ पुर्याउँछ। बोटक्स लगाइसकेपछि यसले कुनै खालको असर गर्दैन। बोटक्स युएस एफडिए (फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन)बाट स्वीकृति गरिएको औषधि हो।

बोटक्स गरेपछि छालाको हेरचाह कसरी गर्ने ?
बोटक्स गरेपछि छाला एकदमै राम्रो हुन्छ। छालामा ग्लो आउँछ। तर बोटक्स गरेपछि धेरै स्याहार गर्नुपर्छ भन्ने हुँदैन। बोटक्स गरेपछि छोटो समयमा राम्रो रिजल्ट आउँछ। दैनिक गर्दै आएको केयर बोटक्स गरेपछि पनि गर्दा राम्रो हुन्छ। फेसियल, क्लिङजिङलाई पनि नियमित रूपमा गर्न सकिन्छ। चुरोट, रक्सीआदि सेवन गर्नाले चार महिनाभन्दा बढी यसले काम गर्दैन। त्यसकारण जीवनशैलीमा पनि ध्यान दिनुपर्छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ०९ बजे

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न