कोशी प्रदेश सरकारको वैधानिकतामाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै « Khabarhub

कोशी प्रदेश सरकारको वैधानिकतामाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश सरकार गठनको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुने भएको छ । पूर्ण इजलास आज तोकिने छ ।

गत असार २१ गते कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन (हस्ताक्षर) पेश गरेर मुख्यमन्त्री बनेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै रिट दायर गरेका थिए ।

मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्धामा हिजो सुनवाई हुँदा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ५४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको