भोजपुरमा नौवटा औषधि पसलमा अनुगमन « Khabarhub

भोजपुरमा नौवटा औषधि पसलमा अनुगमन


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ । औषधि पसल मापदण्डअनुसार चलेको–नचलेको अनुगमन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्य कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, नागरिक समाजका प्रतिनिधि अनुगमन टोलिमा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएका औषधि पसलको अवस्था बुझ्नका लागि अनुगमन गरिएको बताउँदै दर्ता, नवीकरण मिति, दक्ष स्वास्थ्यकर्मीलगायतका विषय अनुगमन भएको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भोजपुरका नौ औषधि पसलको अनुगमन गरेको थियो । औषधि बिक्री–वितरतणको अवस्थासँगै कानुनी प्रक्रिया, दर्ता नवीकरण, दर्ता प्राप्त स्वास्थ्यकर्मीलगायतको पनि अनुगमन गरिएको उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताए । अन्य जिल्लामा रहेका औषधि पसलको सम्बन्धमा जति गुनासा देखिन्थे, त्यस्तो अवस्था भोजपुरमा भने नदेखिएको उनको भनाइ छ ।

औषधि पसलमा बढी नै समस्या होला भनेर अनुगमन गरिए पनि भोजपुरमा भने सबैले दर्ता गरेर चलाएको र त्यस्तो समस्या नभेटिएको अनुगमनमा सहभागी स्वास्थ्य कार्यालयका प्रतिनिधि सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशभर रहेका औषधि पसलको सोमबार एकसाथ अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : १८ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको