धुलिखेल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध नागरिकको उपचार « Khabarhub

धुलिखेल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध नागरिकको उपचार


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा सुरु गरिएको छ ।

दुई अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा सुरु गर्ने सहमति भएको थियो ।

सम्झौताअनुसार हाल दुवै अस्पतालले उक्त सेवा सुरु गरेको जनाएका हुन् । धुलिखेल अस्पतालले भने स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गर्दै आएको छ ।

धुलिखेल अस्पतालका प्रशासन प्रमुख प्रद्युम्न श्रेष्ठका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत नागरिक बिरामी भएको अवस्थामा अस्पतालले कोषका तर्फबाट ८० प्रतिशत प्राप्त गर्छ भने व्यक्तिले २० प्रतिशत तिर्नु पर्नेछ । उनले नागरिकलाई थप सहजताका लागि यो कोष उपयोगी देखिएकाले सेवा सुरु गरिएको बताए ।

सम्झौताअनुसार सूचीकृत भएको व्यक्ति बिरामी हुँदा कोषबाट उपचार खर्चवापत वर्षमा बढीमा एक लाखसम्म पाउने छ । उपचारवापतको रकम दाबी गर्न कोषमा न्यूनतम तीन महिना योगदान गरेको हुनुपर्ने जनाइएको छ ।

कोषमा योगदान गरिरहेका श्रमिकले नजिकैको जुनसुकै अस्पतालमा उपचार गराउन सक्ने व्यवस्था गरिएको छ । यस्तै अस्पतालको प्रेस्क्रिप्सन, औषधि तथा उपचार खर्चका सक्कल बिल, सामाजिक सुरक्षा कोषबाट प्राप्त कार्डसहित कोषमा उपलब्ध गराएपछि अस्पतालले वा सोझै अस्पतालको बिलसहित पेस गरेपछि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कोषले उपचारवापतको कुल दाबी रकमको ८० प्रतिशत अस्पताल वा व्यक्तिको बैंक खातामा एक हप्तादेखि १५ दिनभित्र जम्मा गरिदिन्छ ।

यस्तै कोषमा सूचीकृतले औषधोपचार तथा स्वास्थ्य सुरक्षा दाबीसँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार तथा उपदानका लागि दाबी गर्न पाइने व्यवस्था छ । धुलिखेल र बनेपामा यो सेवा सुरु भएसँगै रकम नभएका नागरिकलाई पनि उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ८ : ०८ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी